नेपालगन्ज : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विकास निर्माण गुणस्तरियतामा कुनै पनि सम्झौता नहुने बताउनुभएको छ । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडक खण्डको स्थलगत अनुगमन गर्दै मन्त्री ज्वालाले गुणस्तरमा कुनै पनि खालको सम्झौता नहुने बताउनुभएको. हो । नेपालगन्ज गुलरिया सडक जुनकिसिमले निर्माण कार्य हुदैछ यसमा अहिलेसम्म कुनै कमि नभएको बताउदै उहाँले भन्नुभयो जुनसुकै ठाउँको निर्माण कार्यमा कमरसल सामाग्री प्रयोग हाले कारवाही गरिने बताउनुभयो । ‘ठेक्का लिने, काम नगर्ने निर्माण व्यवसायी र काम बिगार्ने कर्मचारीलाई कारवाहीको दायरामा ल्याएका छौं, यसमा कुनै पनि खालको सम्झौता गरिने छैन मन्त्री ज्वालाले भन्नुभयो ।’
विकास निर्माणमा समयसिमाभित्र गुणस्तरीय काम सम्पन्न गर्न मन्त्रालयको विशेष जोड रहने गरेको बताउदै मन्त्री ज्वालाले भन्नुभयो । बजेट ब्यवस्थापन सरकारको जिम्मेवारी रहेको भन्दै उहाँले निर्माण ब्यवसायीले समयभित्र काम सम्पन्न गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले समयभित्र गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मानको नीति लिइएको बताउनुभयो । शर्र्मा एण्ड कम्पनीले ठेक्का पाएको नेपालगन्ज गुलरिया सडक समयसिमा भन्दा छिटो निर्माण कार्य भैरहेको हुनाले राज्यले यसतर्फ विशेष जोड दिन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री ज्वालाले नेपालगञ्ज–गुलरिया खण्डमा निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन बाँकी रहेको भन्दै अर्थ मन्त्रालयमा बजेट माग गरिएकाले कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार मूल्य अभिवृद्धि कर बाहेक दुई अर्ब ७८ करोड ४१ हजारमा २०८२ मङ्सिर २७ गते सम्पन्न गर्नेगरी गत वर्ष माघ २५ देखि शर्मा एण्ड कम्पनीले काम सुरु गरेको हो । ‘निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन नसक्नु ठुलो समस्या देखिएको छ योजना प्रमुख भण्डारीले भन्नुभयो ।
शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले भन्नुभयो, ‘समयमै रकम निकासा हुने हो भने अबको एक वर्षभित्र काम सम्पन्न हुन्छ, कम्तीमा २० किलामिटर सडक यसै बर्ष कालोपत्रे गरिसकिने गरि कामको रफतार भएको छ । २७.६२ किलोमिटर लामो यो सडकमध्ये ११.६ किलोमिटर चार लेन सडक बन्दैछ उहाँले भन्नुभयो । नेपालगन्ज गुलरिया सडक खण्डको निर्माण कार्य तिव्र गतिमा अगाडी बढेको छ यसको समय सिमा भित्रै हामीले गुणस्तर सडक निर्माण गरि हस्तान्त्रण गरिने शर्माले भन्नुभयो । नेपालगन्ज गुलरिया सडकको विचमा पर्ने खजुरा क्षेत्रमा १८०० मिटर भने अन्य कम्पनीले ठेक्का लिएको उहाँले बताउनुभएको छ ।
