(Saturday 25th of July 2026)
`

नगरप्रमुख र उपप्रमुखलाई आकर्षित गर्याे थारू गरगहनाले

  • सगरमाथा गन्तब्य
  • 6.8K
    SHARES

    कारी महताे / चितवन, ५ माघ । नवाैं खिचरा महाेत्सव परिसरमा विभिन्न प्रकार र डिजाइनका गरगहनाहरू बिक्रीका लागि राखिएकाे थारू गरगहना स्टलले खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाँ र उपप्रमुख कविता उप्रेतीलाई समेत आकर्षित गरेकाे छ । वहाँहरूले महाेत्सवकाे अवलाेकन गर्ने क्रममा थारू गरगहनाहरू निकै चासाेपूर्वक अवलाेकन गर्नुभएकाे छ । त्यस स्टलमा थारू युवतीहरूकाे व्यापक भिडभाड रहने गरेकाे देखिन्छ र स्टलका सञ्चालक प्रतीक चाैधरी, वहाँकाे परिवारसहित वहाँकाे बुबा चेतनारायण थारू समेत दिनहुँ व्यस्त देखिनुहुन्छ । स्टलमा विभिन्न प्रकार र डिजाइनका गरगहनाहरू मध्ये कपालमा लगाउने चाेंटी, सटिया, टाउकाेमा लगाउने मन्टिका, निधारमा लगाउने टिकुली, नाकमा लगाउने फाेंफी, नथिया, बुलाकी, कानमा लगाउने कन्फुल, झुम्का, घाँटीमा लगाउने हँसुली, गलामा लगाउने चकती, चनरहारी, टाउक, रानीहार, पाखुरामा लगाउने टडिया, बिजायठ, नाडीमा लगाउने माठा, चुरी, आैंलामा लगाउने यङुठी, कम्मरमा लगाउने डणकासा, कमरबन्द, झ्वाबा, फुर्का, डेली, खुट्टामा लगाउने गुड्हुला, पैरी त्यस्तै लेहेङ्गा, साडी पनि बिक्रीका लागि राखिएकाे थारू गहना पसलका सञ्चालक प्रतीक चाैधरीले बताउनुभयाे । नवलपुरकाे चाेरमारामा रहेकाे पसलकाे प्रचारप्रसारका लागि गतवर्षदेखि खिचरा महाेत्सवमा स्टल राख्ने गरेकाे सञ्चालक चाैधरीले बताउनुभयाे । वहाँले थारू गरगहनाहरू अनलाइन मार्फत पनि बिक्री गर्दै आउनुभएकाे बताउनुभयाे । अनलाइनबाट अर्डर गर्नका लागि फाेन नं. वा ह्वाट्सएप्प नं. ९८४७१८७७०३ वा ९८६४५६८७३७ मा सम्पर्क गर्न वहाँले आग्रह गर्नुभयाे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology