(Saturday 25th of July 2026)
`

नेपालगन्ज महोत्सबमा गायक जिएमको साउदी मलेसियामा रोए दर्शक

  • सगरमाथा गन्तब्य
  • 6K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज महोत्सबमो एघारौ दिन चर्चित गायक गोपाल जिएमको प्रस्तुतीले दर्शकको रोकिएन आशु । चर्चित गायक जिएमको साउदी मेलेसिया धन कमाउन साउदी मलेसिया आमा तिमलाई सम्झेर यो मन छिया छिया बोलको गितमा दर्शकले थाम्न सकेनन आशु । स्टेजमा चढ्ने वित्तिकै वाहवाही पाएका गायक जिएमले विदेश गएका छोराहरुको सम्झनामा गित गाएपछि महोत्सबका दर्शक धुरुधुरु रोकएका थिए । महोत्सवमा नेपालगन्ज घुमाउछु कि धनगढी घुमाउछु, माया गर्छु सक्कली विश्वास गर नक्कली, के छ त बर कस्तो विचार, आइएमई गर १५ हजार जहाज मै आउछु भेटनलाई नभेटी नहुने भन्छु मायालु, मारा मारा हुन्छ मारामार, कि त वार कि त पार, पहिले चढथे बुलेट, अछामैमा चिसो चिसो नेपालगन्ज तातो तातो, थरुनीको माया जालमा परियो, मोरो माया उल्का भो तिम्रो माया हल्का फुल्का भो, नक्कली मोरी टाढै बसौ भन्दा नजिक नजिक परि, लगायतको चर्चित चर्चित गित प्रस्तुत गरेका थिए । उहाले प्रस्तुत गरेको गितमा नेपालगन्ज महोत्सवका दर्शकहरु झुमी झुमी नाचेका थिए ।


    गायक संजिव सिंह राणाले ए मेरो मामा, लुकी लुकी हेर्ने बानी परेको, मुग्लीनको बाटोमा धुलो उदाउदै, वान टु वान टु, संगै संगै जिउला धन मागेका छैन, मैले माया लाएको तिमीसंगै हो, म मर्छु कि के हो ठुली, तोपको गोला,
    सि.ए. साउदले विभिन्न नेताहरुको क्यारिकेचर, गायक, संगितकार, र्याप गित, समाचार बाचन लगायतको प्रस्तुती प्रदान गर्नुभएको थियो ।

    महोत्सबमा चर्चित र्चिचत कलाकारहरुको प्रस्तुतीसंगै स्थानिय सगरमाथा डान्स ग्रुपको बेजोड प्रस्तुती रहेको थियो । महोत्सबमा हरेक दिन विभिन्न खाले बाल उद्यानका खेलहरु, थारु गाउमा विभिन्न थारु परिकारका स्वाद लिन सकिने लगायतका विभिन्न खाले मनोरञ्जन लिन सकिने मनोरञ्जनात्मक प्रदशनीहरु रहेको संयोजक बुढाले जानकारी गराउनुभयो । भने कार्यक्रमको संचालन अनुप बुढा मगर, बर्षा पाण्डे र अशोक रावलले गरेका थिए । यस्तै भोली (मंगलवार) चर्चित भोजपुरी मोडल तथा टिकटक स्टार प्रिती पासवान, गायीका रचना रिमाल लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक टिमका संयोजक नन्द बुढाले जानकारी गराउनुभएको छ ।

    यस्तै महोत्सबमा हरेक दिन प्रदेश स्तरिय डान्स आइडल प्रतियोगिताको विजेता संस्कृति शर्मा प्रथम भएकी छिन् । यस्तै दोश्रमा गृष्मा राणा, तेश्रोमा सुस्मीता शर्मा र चौथोमा पोनिता सुनार विजेता भएका छन् । प्रथम, दोश्रो, तेश्रो र चौथो हुनेले क्रमश ३०, २०, १० र ५ हजार पुरस्कार प्राप्त गरेका छन् । ३९ जना प्रतिस्प्रधिलाई उछिन्दै ४ जनाले नेपालगन्ज महोत्सबको प्रदेश स्तरिय डान्स आइडलमा विजेता भएका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology