नेपालगन्ज : नेपालगन्जमा संचालन छैठौं नेपालगन्ज महोत्सबमा चर्चित गायक टंक तिमिल्सेनाको पुक पुक गाला बोलको चर्चित गीत नेपालगन्जका दर्शक जुर्मुराएका छन् । शनिवार नेपालगन्जको महोत्सवमा आएका टंकले गाएका चर्चित गीत कुवाको पानी घैलामा वनैको बाच्छो ओराली, राती राती नहिड हिड डिस्को पाटीमा झुन्डीएर मर्छुमा तम्रा घाटीमा, पैसा पैसा चिलिममा माया पिरीममा, हेर्दा लाग्छ दयालु सारै छुच्ची मायालु, कर्णाली, अछाम बाट म सुर्खेत आकोछु, लगायत बोलको गीतहरु गाउदा दर्शकहरु चिच्याउदै हो¬ हल्लाका साथ रमाएका थिए । महोत्सवमा बालबालिका, युवा, बृद्ध सबै उमेरका दर्शकहरु रमाएको आयोजकले जनाएको छ ।

यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल,नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज महोत्सवको उद्धोषण असोक रावल र बर्षा पाण्डेले गर्नुभएको थियो । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित कलाकार प्रिती आले, बसन्त लम्साल, लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
