(Wednesday 28th of October 2026)
`

नेपालगन्ज महोत्सबमा डान्स आइडल सुरु, १८ जना पहिलो राउण्डमा छनोट

  • सगरमाथा गन्तब्य
  • 7.6K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज महोत्सबको पहिलो दिन प्रथम डान्स आइडलमा १८ छनोट भएका छन् । जम्मा ३९ जना सहभागी रहेका डान्स आइडलमा आज भएको पहिलो अडिसनबाट १८ जना छनोट भएका हुन् । पहिलो दिन २० जनाको अडिसन भएको छ जसमा २ जना अडिसनबाट असफल भई बाहिरिएको बरिष्ठ नृत्य निर्देशक केबी शाहीले जानकारी गराउनुभयो । भोली १९ जनाको अडिसन रहेको छ भने आइतवार पहिलो अडिसनमा छनोट भएका १८ जनाको अडिसन हुने नृत्य निर्देशक शाहीले बताउनुभयो । यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल,नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्टिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । कृषि प्रबद्र्धन व्यापारिक तथा रोजगार पुर्वधार भन्ने मुल नाराका साथ बिहीवारदेखि सुरु भएको छैठौ नेपालगन्ज महोत्सव २०८० पुष १७ गतेसम्म संचालन हुने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology