(Saturday 25th of July 2026)
`

केपी ओलीद्वारा सिम्ता गाउँपालिका अवलोकन (फोटो फिचरसहित)

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES

    सुर्खेत, सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय । नेकपा एमालेको समृद्धिका लागि झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा अन्तर्गत नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले सिम्ताली जनतासंग भेट गरेका छन् । नेकपा एमाले सिम्ता गाउँकमिटीले आयोजना गरेको सिम्ताली जनतासंग केपी ओली भन्ने कार्यक्रममा अध्यक्ष ओलीले सिम्ताली जनतासंग भेट गरेका हुन् । गोजी बजारमा भब्य स्वागतपछि अध्यक्ष ओलीले सिम्ता गाउँपालिकाको अवलोकन गरेका छन् ।

    सो क्रममा सिम्ता गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले सिम्ताका बारेमा जानकारी दिँदै सिम्ताको संक्षिप्त चिनारी दिएका थिए । गाउँपालिकाको सिम्ता लेखिएको भवनको अवलोकन गर्नुका साथै सहिद ऋषिराम शर्मा मार्ग र सहिद ईन्द्र बिसी मार्गको समेत अवलोकन गरी जानकारी लिएका थिए । अध्यक्ष ओलीसंगै रहेका केन्द्रिय नेता तथा प्रदेश नेताह तथा देशैभरबाट सहभागी भएका नेता, कार्यकर्ताहरुको स्वागत गरेको नेकपा एमाले कर्णाली प्रदेश कमिटीका सदस्य ऐन बहादुर चन्दले जानकारी दिए । अध्यक्ष ओलीसिम्ताको कार्यक्रम सकेर जाजरकोट, रुकुम हुँदै आज बाग्लुङ पुगेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology