नेपालगन्ज, ८ मसिंर । नागरिक समाजको भुमिकालाई प्रभावकारी बनाउन “म नागरिक मेरो कर्तव्य”अभियान शुरु गरेको छ । मानिसले आफ्नो अधिकार मात्रै खोज्ने तर आफ्नो कर्तव्य पुरा नगर्ने बानीले उपलब्धीपूर्ण समस्या समाधान हुन नसकेको अवस्थामा यो अभियान सञ्चालन गरिएको हो ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले हरेक नागरिकको कर्तव्य बोधको व्यवहारिक कार्यन्वयनका लागि अभियान थालिएको हो । यो अभियानले प्रत्येक नागरिकको कर्तव्यको पालना गराउनमा मदत पुग्ने संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । उहाँका अनुसार नेपालको संिवधान २०७२ मा ३१ वटा मौलिक हकको व्यवस्था गरेको छ ती सबै मौलिक हकको उपभोग गर्नुभन्दा अघि धारा ४८ले नागरिकको दायित्व र कर्तव्य पुर्ण रुपमा पालना गर्नु गराउन उल्लेख गरेको छ ।
यसै सन्दर्भमा संस्थाले आज शुक्रबार नेपालगन्ज बजार व्यवस्थापनमा देखिएका समस्या र समाधानको पहलका बारेमा नागरिक अन्र्तक्रिया गरिएको छ । कार्यक्रमका सहभागिहरुले नगरमा देखिएका मुख्य रुपमा इ–रिक्सा व्यवस्थापन, अव्यवस्थित माइक्रो बस सञ्चालन, अव्यवस्थित पार्किङ लगायतका समस्या उठाएका थिए ।
ति समस्यालाई समाधानका लागि स्थानीय सरकारले नीति र कानूनबनाएर सरोकारवाला निकायलाई नियमन गर्नुपर्ने, यहाँ सञ्चालित इ–रिक्सालाई दर्ता प्रक्रियामा ल्याउनुपर्ने, इ–रिक्सा चालकले चालक अनुमतीपत्र लिनुपर्ने, ट्राफिक व्यवस्थापनमा कडाई गर्नुपर्ने लगायतका सुझाव सहभागीहरुले दिएका थिए ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले नेपालगन्ज बजार व्यवस्थापनका लागि नीतिगत रुपमै सुधार गर्नुपर्नेमा जोड दिदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा नागरिक अभियन्ताहरु कृष्णप्रसाद श्रेष्ठ, डा विनोद कर्ण, श्रीराम सिग्देल, अधिबक्ता केवलसिंह थारु, बसन्त गौतम, बलबहादुर चन्द, विश्वजित तिवारी, आयुब सिद्दिकी, मीनबहादुर मल्ल, गोपाल गिरी, शेरबहादुर वली, कृष्ण मुरारी प्रसाद भट्ट, रविन्द्र ज्ञवाली, शैलेन्द्र बैश्य, माया शर्मा, ट्राफिक प्रहरी पुरुषोत्तम पौडेलले नेपालगन्ज बजार व्यवस्थापनमा देखिएका विभिन्न समस्यार समाधानका उपाय लगायतका बारेमा आ–आफ्नो विचार राख्नु भएको थियो ।
बजार व्यवस्थापनमा मुख्य सरोकारवाला निकाय नेपालगन्ज उपमहानगरपालिका रहेकाले त्यस कार्यालयसंग गुरुयोजना सम्वन्धी सूचना माग गरिने भएको छ ।
