(Friday 11th of September 2026)
`

देउराली डाँडामा गुडिरहेको जिपमा आगलागी (भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 12.1K
    SHARES

    नेपालगन्ज : बाँकेको कोहलपुरदेखि सुर्खेततर्फ जाँदै गरेको जिपमा एक्कासी आगलागी भएको छ । सुर्खेततर्फ जादै गरेको भे १ च ४४७० नं. को जिपमा एक्कासी आगलागी भएको हो । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ को देउरालीडाँडामा गुडिरहेको जिपमा विहान ७ बजे आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा नजिकैको प्रहरी र नेपाली सेनालाई खबर गरिएको गाडीमा मालिक लक्ष्मीराज अधिकारीले बताउनुभयो ।
    सुर्खेततर्फ जाँदै थियो एक्कासी धुँवा आयो हेर्दा त दनदनी आगो बल्यो उहाँले भन्नुभयो । निभाउन प्रयास गरियो जंगलमा न पानी न केही सुविधा भएको कारण निभाउन सकिएन उहाँले भन्नुभयो । विहान ७ बजे लागेको आगो साँझा ३ बजेसम्म आगो दन्किरहेको थियो । आगलागी सोनालिका कम्पनीको राइनो आरएक्स जिप रहेको गाडी मालिक अधिकारीले बताउनुभयो । नजिकै रहेको प्रहरीलाई खबर गरेको बोलाउँदा गाडी ८० प्रतिशत जलिसकेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology