(Wednesday 28th of October 2026)
`

थारु बस्तीमा सखिया नाच गुञ्जदै

  • सगरमाथा गन्तब्य
  • 11.3K
    SHARES

    नेपालगन्ज : तराईको पश्चिम क्षेत्र थारु बहुल्यता क्षेत्र हो । दशै सुरु भएसंगै थारु बस्तीमा सखिया नाच र हुरदुङग्वा नाचले रौनकता छाएको छ । हरेक दिन साँझा थारु बस्तीमा थारु सांस्कृतिक नाचले गुञ्जयमान हुन्छ र उनिहरु त्यसैमा रमाउने गरेका हुन्छन् । कृष्ण जन्मअष्टमीदेखी थारु बस्तीमा नाचगान सुरु हुने गरेको पाइन्छ । दशैलाई स्वागत गर्न थारू समुदायले एक साताअघि नै नाचगान गर्ने गर्दछन् । यस वेला थारू समुदायका अविवाहित युवती (बठिन्या) थारू मौलिक वेशभूषामा सजिएर हातमा मन्जिरा बजाउँदै एक स्वरमा सख्या गाउँछन् भने पुरुष (मन्ड¥या) ले मादल बजाएर साथ दिने गरेको पाइन्छ । दशैं शुरू भएसँगै थारू गाउँबस्ती सख्यामय बनेका छन् । यो नाच विशेष गरेर लुम्बिनी प्रदेशका बाँके, दाङ, बर्दिया, सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेतका थारू बस्तीमा नाचिन्छ ।
    करीब एक महीनासम्म नाचिने सख्या नाच महाभारत कथासँग सम्बन्धित रहेको थारू अगुवाहरू बताउँछन् । भदौमा गरिने हा¥या गुरै पूजा शुरू भएदेखि बडादशैंपछि एक सातासम्म सामूहिक रूपमा मादल र मन्जिराको साथमा गीत गाउँदै सख्या नाचिने गरेको बैजनाच गाउँपालिका वडा नं. १ च्यामाका स्थानिय भारती थारुले बताउनुहुन्छ ।


    थारु बस्तीको रौनकले अन्य समुदायको व्यक्तिहरु पनि रमाउन थारु बस्तीमा आउने गरेका छन् । दिनभरी घरको काम गर्ने र साँझा परेपछि आफ्नै भोषभुषामा सजिएर सखिया नाच नाच्न जाने गर्दछन् । सख्या नाचको नेतृत्व मोह्रिन्या (युवतीको मुख्य व्यक्ति) ले गर्छन् । उनको सहयोगीका रूपमा पछगिन्या (दोस्रो व्यक्ति) हुने गर्छन् । यी दुवै जनाको पछि १५ देखि ४० जना बठिन्याले सघाउँछन् । गाउँ अनुसार बठिन्याको उपस्थिति हुन्छ । जुन गाउँमा जति धेरै बठिन्या हुन्छन्, त्यही गाउँमा सख्या नाचका लागि उनीहरूको उपस्थिति बाक्लो हुन्छ । सोही अनुसार सख्या नाचमा रमाउने गरेको स्थानिय प्रदेशनी थारुले बताउनुहुन्छ ।
    सख्या नाच नाच्ने वेला दुई वटा समूह बनाएर नाच्ने प्रदेशनीले बताउनुहुन्छ । एउटा समूहको नेतृत्व मोह्रिन्याले गर्छन् भने अर्को समूहको नेतृत्व पछगिन्याले गर्छन् । सख्या गीत गाउँदा शुरूआतमा मोह्रिन्याको समूहले र दोस्रो पटक पछगिन्याको समूहले गाउने गरेको प्रदेशनीले बताउनुहून्छ । मन्ड¥या भने जुन समूहले गीत गाउँछ त्यही समूहतर्फ गएर मादल बजाउँछन् । यसरी सख्या नाचसँगै बीच बीचमा विभिन्न किसिमका पैया नाच पनि देखाउने गरिन्छ ।


    सख्या नाच र गीत एउटै भए पनि गाउँठाउँ अनुसार फरक फरक किसिमले नाच्ने गरिन्छ । यो नाच मटावा, बडघरको आँगनमा नाचिन्छ । दिनभरि खेतबारीको काम सकाएर राति सख्या नाच्ने चलन छ । सख्या नाच कृष्ण जन्माष्टमीसँग जोडिएकाले कृष्णको जन्मदेखि नै शुरू हुने गर्दछ । धार्मिक तथा सांस्कृतिक महत्वसँग जोडिएको सख्या नाचमा थारूका हरेक देवीदेवताका नामलाई सम्बोधन गरेर गीत गाउने गरिएको थारु अगुवाहरु बताउँछन् । त्यससँगै जमीनमा बस्ने सबै जीवजन्तुको नाम सम्बोधन गरेर सख्या गीत गाउने गरिएको अगुवाहरुको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology