नेपालगन्ज : बाँकेको कोहलपुरमा सौन्दर्य प्रतियोगिता अर्थात मिस्टर एण्ड मिस २०८० हुने भएको छ । शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलन मार्फत सौन्दर्य प्रतियोगिता अर्थात मिस्टर एण्ड मिस २०८० हुने भएको आयोजक शारदा इभेन्टले जानकारी गराएको हो ।
आयोजक टिमले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराउँदै पहिलो चरणको अडिसन शनिबार विहान ११ बजेदेखि कोहलपुर स्थित रहेको अतिथी होटलमा गरिने जनाएको छ । दुई चरणमा हुने अडिसनद्धारा प्रतिस्पर्धी छनोट गरिनेछ भने दोस्रो चरणको अडिसन आगामी असोज १३ गते गरिने आयोजकले जानकारी गराएको छ ।
‘उत्खनन् प्रतिभाको, पहिचान कलाको’ भन्ने मुल नाराका साथ हुन लागेको मिस्टर एण्ड मिस कोहलपुर सौन्दर्य प्रतियोगिता सिजन टूका विजेतालाई आर्कषक नगद पुरुस्कार तथा शैक्षिक छात्रवृत्ति समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
विजेतालाई नगद एक लाख र २ लाखको शैक्षिक छात्रवृत्ति उपलब्ध गराउने शारदा इभेन्ट नेपालका संस्थापक तथा सिइओ रोनिसराज गौतमले जानकारी गराउनुभयो । पत्रकार उहाँको अनुसार प्रतियोगितामा ‘मिस्टर एण्ड मिस कोहलपुर –२०८०’ विजेतालाई २५/२५ हजार नगद, फस्ट रनअरलाई १५/१५ हजार र सेकण्ड रनअरलाई १०/१० हजार नगद तथा अन्य उपहार उपलब्ध गराईने आयोजक टिमले जानकारी गराएको छ । यस्तै ‘मिस्टर एण्ड मिस कोहलपुर–२०८०’ विजेतालाई शैक्षिक छात्रवृत्ति अन्र्तगत ५०/५० हजार, फस्ट रनअरलाई ३०/३० हजार र सेकण्ड रनअरलाई २०/२० हजारको शैक्षिक छात्रवृत्ति उपलब्ध गराईने छ । उक्त छात्रवृत्ति स्वदेश तथा विदेशका लागि समेत प्रदान गरिने र विजयी भएकाले यो सुविधा ५ वर्षभित्र लिइसक्नुपर्ने व्यवस्था गरिएको शारदा इभेन्ट नेपालका फाउण्डर तथा सिइओ गौतमले जानकारी दिनुभयो ।
पश्चिम नेपालको सबभन्दा ठूलो धनरासी र अवसर भएको सौन्दर्य प्रतियोगितामा सहभागि हुन आग्रह गर्दै उहाँले भन्नुभयो ‘कोहलपुर क्षेत्रमा कम्तीमा ३ वर्ष बसोबास गरेको १५ वर्षदेखि २५ वर्षसम्मका किशोरकिशोरीले सहभागिता जनाउन सक्नेछन् ।’ प्रतियोगिताको रजिष्ट्रेशनका लागि एक हजार रुपैयाँ तय गरिएको छ । यस्तै छनोट भएका प्रतिस्प्रधिले १२ हजार बुझाउनु पर्नेछ । उक्त रकमबाट ५ हजारको प्रतिब्यक्तिलाई पोशाक प्रदान गर्नुका साथै २० दिनको प्रशिक्षण प्रदान गरिनेछ । प्रशिक्षणका दौरान कोहलपुर क्षेत्रलाई चिनाउन, कोहलपुर क्षेत्रको संस्कृति, पहिचान लगायतको विषयमा प्रशिक्षण दिइनेछ ।
उक्त पत्रकार सम्मेलनमा सहभागि मिस एण्ड मिस्टर कोहलपुर सिजन वानका विजेता मिस कोहलपुर करिश्मा चन्दले निर्धक्क प्रतियोगितामा सहभागिता जनाउन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘सौन्दर्य प्रतियोगितालाई समाजमा गलत ढंगबाट ब्याख्या गरिएको छ । यसको छुट्टै महत्व छ ।’ आफू सान्र्दय प्रतियोगितामा सहभागि भई विजयी भएको क्षणलाई स्मरण गर्दै उहाँले सौन्दर्य प्रतियोगितामा सहभागिता भएपछि नै आफ्नो ब्यक्तित्व विकासका साथै छुट्टै पहिचान बनाउन सफल भएको उहाँले बताउनुभयो ।
प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोहलपुर र नेपालगन्जका दुई दर्जन पत्रकारसहित आयोजक शारदा इभेन्ट नेपालका म्यानेजिङ क्रुका भुपेन्द्र पौडेल, रमेश चापागाई र हिमानी सिहं ठकुरी लगायतको उपस्थिती रहेको थियो ।
