(Saturday 25th of July 2026)
`

अवधी भाषीको पहिचानको मुद्दालाई उठान गर्दै समाज जागरण तथा सत्यमखबरको वार्षिकोत्सव भब्यरुपमा सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 5.8K
    SHARES

    नेपालगन्ज भाद्र – समाज जागरण साप्ताहिक तथा सत्यमखबर डटकमले आफ्नो वार्षिकोत्सव भब्य रुपमा मनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ स्थित आफ्नै कार्यालयमा भब्यता साथ समाज जागरण साप्ताहिकले आप्mनो १५ वार्षिकोत्सव नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । प्रमुख अतिथि चौलागाईले समाज जागरण साप्ताहिकलाई साँस्कृतिक पहिचान दिन तथा अवधी भाषामा पत्रिकालाई रुपान्तरण गर्न सकेको अवस्थामा अझ राम्रो हुने बताउँदै अवधी भाषाको संरक्षण गर्न तर्फ कुनै संघ संस्था अगाडी बढेको देखिदैन । अवधी भाषाको संरक्षण गर्नतर्फ कोही अगाडी आए महासंघ मार्फत सहकार्य गर्न तयार रहेको बताउनुभयो । अवधी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा विशिष्ट अतिथि राकेशकुमार मिश्राले अवध क्षेत्र भएको हुँदा हाम्रो दायित्व उसलाई संरक्षण गर्ने भएको हुँदा हामी त्यसतर्फ १५ वर्षदेखि निरन्तर लागी परेको तथा बाँके जिल्लाले अवधी भाषा–भाषीको पहिचान जोगाउन अग्रणी स्थान हासिल गरेको बताउनुभयो । यसैगरी भारत रुपैडिहाका वरिष्ठ पत्रकार हिन्दुस्तान दैनिकका मणिराम शर्माले– हाल भारतमा समेत हिन्दी भाषा बोलिरहेको अवस्थामा नेपालगन्जमा समाज जागरण साप्ताहिकद्वारा अवधी भाषी जिवित राखिएको हुँदा सराहनीय कार्य नै मान्नु पर्ने बताउँदै बधाई समेत दिएका थिए ।

    यसैगरी, प्रेस चौतारी नेपाल बाँके शाखा अध्यक्ष एवम् विशिष्ट अतिथि दुर्गा रोकायले – ‘चन्द्रेश्वर राज त्रिपाठीको पत्रकारिताको इतिहास नै रहेको बताउँदै हामीले मध्यपश्चिम दैनिकमा सँगै काम गरेको स्मरण गराउँदै हाल सम्म चुनौतीहरु पार गर्दै यहाँसम्म संघर्ष गर्दै आउनु भएको हुँदा बधाई तथा शुभकामना दिन चाहान्छु’ भन्नुभयो । कार्यक्रममा नेपाल भारतका गरी करीब ४० बढी पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता सत्यमखबर डटकमका सम्पादक गुरमुरत यादवले गरेको थिए भने सञ्चालन समाज जागरण साप्ताहिकका सम्पादक÷प्रकाशक चन्द्रेश्वरराज त्रिपाठीले गरेका थिए । अवधी भाषी साहित्यकार शिवप्रसाद पाठकले साँस्कृतिक स्लोकबाट शुभारम्भ गर्दै कार्यक्रममा सहभागी सबैलाई स्वागत मन्तब्य राखेको थिए भने अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सूर्यलाल यादवले स्वागत गर्दै अवधी पत्रकार संघ नेपाल र समाज जागरण साप्ताहिकको वार्षिकोत्सव सँगै भएको जानकारी गराउँदै बाँके जिल्लाबाट पत्रपत्रिका प्रकाशित गर्नु चुनौतीपूर्ण नै रहेको बताउँदै समाज जागरणले उठाएको सुशासन, भ्रष्टाचार, विकृति, कुरीति विरुद्ध उठाएको आवाजमा अवधी पत्रकार संघको साथ र सहयोग रहने बताउनुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथि तथा समाजसेवी माधवराम बर्मा, पे्रस युनियनका पूर्व अध्यक्ष नरेन्द्र थापा, समाज जागरण साप्ताहिकका कार्यकारी सम्पादक कुन्तलराज शर्मा, मधेश मिडिया मिसन नेपालका सल्लाहकार अजयकुमार गुप्ता, उपाध्यक्ष मनोज कौशल, सचिव सन्ध्या शर्मा, कोषाध्यक्ष चन्दा सिंहलगायतको सहभागिता रहेको थियो भने भारतका न्यूज २४ का रामजी सोनी, श्याम मिश्रा, शेरसिंह कसौधन, नीरज बरनवाललगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology