नेपालगन्ज : “प्यालेस्टाइन र इमाम हुसैन (अस)” शीर्षकको अल–अक्सा कलको ३ दिवसीय दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन इराकको पवित्र शहर कर्बालामा सम्पन्न भएको छ । कर्बलामा आयोजित सम्मेलनमा इमाम हुसैन (अस) को आन्दोलनका आधारहरू बारे जानकारी गराएको थियो । कार्यक्रमको कार्यकारी समितिका सदस्य अब्दुल मलिक सेकरियाले सम्मेलन आयोजना गर्नुको उद्देश्य इमाम हुसेन (अस) को बौद्धिक आन्दोलन र इस्लामिक उम्मामा सुधारका लागि उहाँको लडाइको बारेमा विस्तृत जानकारी गराउनु रहेको बताउँदै भने“ झूटको सामना गर्नु र सत्यलाई समर्थन गर्न र यसलाई प्यालेस्टाइनले सय वर्ष अघिदेखि भोग्दै आएको इजरायली शासनको सबैभन्दा गम्भीर औपनिवेशिक आक्रमणसँग जोड्नु सम्मेलनको अर्को लक्ष्य रहेको बताए ।
कार्यक्रममा ६५ देशका धार्मिक विद्वान, संचारकर्मी, राजनीतिक तथा सांस्कृतिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सम्मेलनले प्यालेस्टाइनको मुद्दा विश्वका स्वतन्त्रता खोज्ने जनता र आधिपत्यवादी शक्तिबीचको मूल द्वन्द्व भएको निष्कर्ष निकालेको छ । सम्मेलनमा सहभागीहरूले प्यालेस्टिनी राष्ट्रको “सियोनवादी अत्याचारको सामना गर्नको लागि ठूलो दृढता र बलिदान“ लाई प्रशंसा गरे ।
इरानी अहवाजी इमाम शेख मोहसेन हेदरीले भने, “विश्वका स्वतन्त्र मानिसहरू इमाम हुसेनको ऐतिहासिक शिक्षातर्फ आकर्षित छन ।” हेइदारीले थपे कि हामी जुन सुकै हिँसाको बिरोध गर्छौं “ प्यालेस्टाइन र अल कुद्सलाई फिर्ता पाउन शान्तिपूर्ण तरिकाले थालिएको अभियानलाई समर्थन गर्न अन्तर्राष्ट्रिय न्याय प्रेमी जनताहरुलाई आहवान गरेका छन् ।

दिवंगत नेता नेल्सन मण्डेलाका नाति दक्षिण अफ्रिकाका सांसद मण्डला मण्डेलाले कन्फ्रेंस्लाई सम्बोधन गर्दै भने प्यालेस्टिनी जनता एक्लै छैनन् हामी पनि साथमा छौँ “ इमाम हुसैनले गर्नु भएको सङ्घर्षको पाठ सबैले सिक्नु पर्छ र आशाको किरण बनेर उभिएका इमाम हुसेनको शान्तिपूर्ण संघर्षको बाटोलाई रोलमाडल बनाउन आह्वान गरे । मण्डेलाले इमाम हुसेनको अरबाइन (चालीसौं) को अवसरमा विश्वका स्वतन्त्र मानिसहरूलाई एकजुट हुन र इमाम हुसेनलाई विश्वव्यापी न्याय प्राप्त गर्नको लागि उदाहरणको रूपमा लिन “राजनीतिक बन्दीहरूको समर्थनको लागि अभियान चलाएर इलेक्ट्रोनिक इन्टिफाडा“ लाई पछ्याउन आग्रह गरे ।
अल–कुद्स र प्यालेस्टाइनको समर्थनको लागि ग्लोबल गठबन्धनमा बन्दीहरूको मामिलाको जिम्मेवार अधिकारी तलाल श्रिमले भने, “प्यालेस्टाइनमा युद्ध दक्षिणपन्थी सरकारको उदयसँगै सुरु भएको बताए । बौद्ध आध्यात्मिक नेता र श्रीलंकाका सद्भावना राजदूतले अल–कुद्स र प्यालेस्टाइनको समर्थन गर्दै इमाम हुसेनको शन्तिपूर्ण संघर्षको बाटो नै हाम्रो जीवनको मूलमर्म हुनु पर्ने बताए । प्यालेस्टिनियन अर्थोडक्स चर्चका पादरी फादर एन्टोनी हनानियाले इमाम हुसैनको सन्देश र संघर्षलाई सम्झदै भने“ अहिले हामी ईराकको कर्बलामा छौँ “ यो त्यहि कर्बलाहो जहाँ इमाम हुसैन (अस) ले शन्तिपूर्ण संघर्ष गर्दै असत्यलाई परास्त गर्नु भएको थियो । उहाँको मार्गदर्शन अङ्गीकार गरेर अल–कुद्स र प्यालेस्टाइन लाई एक दिन हामी फिर्ता पाउने आशा व्यक्त गरेको उक्त सम्मेलनमा नेपालबाट सहभागी पत्रकार शकील अहमद कादरीले बताए ।

