(Wednesday 28th of October 2026)
`

खजुराको लक्ष्मी नारायण मन्दिरमा २४ गते एकादशीका दिन देखि महाआरती हुने

  • सगरमाथा गन्तब्य
  • 8K
    SHARES

    खजुरा । बाँकेको खजुरा गाउँपालिका लक्ष्मी नारायण मन्दिर परिसरमा यही २४ गतेदेखि महाआरती हुन लागेको छ । हरेक महिनाको एकादशमीको दिन महाआरती अभियान गर्न लागिएको हो । धार्मिक पर्यटनको खोजी अभियानमा जुटेका खजुराबासीले आईतबार देखि महाआरती थाल्ने भएका हुन । स्थानीय लक्ष्मी नारायण मन्दिर परिसरमा महाआरती गरिने आज पत्रकार सम्मेलन गर्दै जानकारी गराएको थियो । बाँके जिल्ला कै सबै भन्दा बढी मठमन्दिर भएको खजुरा क्षेत्रमा सबै मठ मन्दिरलाई तिर्थस्थल बनाउने लक्ष्य सहित खजुरा बजारमा लक्ष्मी नारायण दिब्य धामको संकल्प गरिसकिएको छ भने त्यस आसपासका मन्दिरहरुलाई पनि धार्मिक गन्तब्यकारुपमा राखिएको लक्ष्मी नारायण मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।
    खजुरा धार्मिकरुपमा पनि दशकौं देखि प्रख्यात रहेको उल्लेख गरिएको छ । ‘राणाकालको मैटहवा मन्दिर, सयाँ वर्ष पुरानो हनुमान तलौवा, सन्तकुटी जस्ता ऐतिहासिक धार्मिक क्षेत्र खजुरामा नै पर्दछ,’ विज्ञप्तिमा लेखिएको छ, ‘त्यससँगै खजुराको लक्ष्मीनारायण मन्दिर, मनकामनापुरको शिवालय, ज्ञानोदयको कालिमाई, डी गाँउको नवदुर्गा मन्दिर लगायत यस क्षेत्रमा ठुलो संख्यामा धार्मिक मठमन्दिरहरु रहेका छन् ।’
    खजुरामा रहेको लक्ष्मी नारायण मन्दिरमा यहि भाद्र २४ गते एकादशीका दिनबाट महाआरतीको शुभारम्भ गर्ने निर्णय भएको लक्ष्मीनारायण मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताउनुभयो । उहाँले लक्ष्मी नारायण धामको स्थापनाको अभियानलाई सार्थक बनाउने उद्देश्यले मन्दिर परिषरमा भब्य भजन किर्तन र पञ्चेबाजा सहित महाआरतीको तयारी गरिएको बताउनुभयो । निकट भविश्यमा अग्लो सुदर्शन चत्र सहितको लक्ष्मीनाराणको मुर्ति स्थापना गर्ने अभियानलाई महाआरतीले सार्थक बनाउने अपेक्षा गरिएको उहाँले जनाउनुभयो ।
    ‘मागेको भाकल पुरा हुने र समृद्धीको प्रतिककारुपमा रहेको लक्ष्मी नारायण सहित खजुराका अन्य मठमन्दिरहरुलाई समेत समेटेर धार्मिक गन्तब्य बनाउने अभियानमा खजुराबासी जुटेका छौं,’ बिज्ञप्तिमा भनिएको छ, ‘यो अभियानलाई सहयोग गरिदिनुहुन सबैलाई आग्रह गर्दछौं ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology