नेपालगन्ज : नेपाल मोहर्रम तथा कर्बला समितिले मोहर्रम पर्वका अवसरमा बिहीवार राती भव्य बाजागाजा सहित ¥याली निकालिएको छ । इस्लामीक नयाँ वर्ष १४४५ हिजरीको शुभारम्भ देखि नै मनाईने मोहर्रम पर्वको ८ औँ दिनको अवसरमा आयोजित विशाल कार्यक्रम सहित भव्य ¥याली निकालिएको हो ।
इस्लामीक नयाँ वर्ष १४४५ हिजरीको सुरुआतसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत (स्वर्ग) पु¥याउन गरेको वाचाअनुरुप बदलामा हुसेन इराकको राजधानी कर्रवला बग्दादमा शहीद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउँदै आएको पुर्व सांसद भोला सिद्दिकीले बताउनुभयो । इराकको राजधानी कर्रवलालाई सम्झीदै ८ औँ दिनमा बाँकेका विभिन्न स्थानबाट भव्य ¥याली सहित विभिन्न कला प्रदर्शनका साथ यो पर्व मनाउने गरिएको पुर्वसांसद भोलाले भन्नुभयो ।

इस्लाम धर्मको सभ्यताका लागि शान्तिका लागि यो पर्व मनाउदै आएको बताउनुभयो । इस्लाम धर्मको आदेश नै शान्ति हो हामीले मनाउदै आएको पर्व आतंककारी विरुद्धको भएको उहाँले जिकिर गर्नुभयो । शान्तिपूर्ण र व्यवस्थित तरिकाले मोहर्रम पर्व मनाउन सबैसंग उहाँले आग्रह गर्नुभएको छ । हुसैनको साहास र बलिदान र विरतालाई सम्झना स्वरुप मनाउदै आएको पर्व जुन ताजिया लिएर कर्बलामा विर्सजन गरिने गरेको अकरम खाँले बताउनुभयो ।
शान्तिका दुत इस्लाम धर्मका प्रवद्र्धक हजरत इमामका नाती हुसैनमाथि भएको ज्यादती विरुद्ध सम्पुर्ण इस्लामधर्मावलम्बीहरुले यस पर्वलाई सम्झना स्वरुप विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै आएको उहाँले बताउनुभयो । हरेक बर्ष झै यस बर्षपनि नेपालगन्जको भट्टा टोल, धम्बोझी, लग्दहवा, त्रिभुवन चोक, सदरलाइन, जयसपुर, रानीतलाउ, फुल्टेक्रारोड लगायतका विभिन्न ठाउँबाट भव्य जुलुस निकाली आगमहतम गरेको अकरमले बताउनुभयो । धुमधामका साथ मनाईने मोहरम पर्वलाई भव्य र सभ्य बनाउन हामी सबैको दायित्व रहेको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले बताउनुभयो ।

नेपालगन्ज शहर सदभावको शहर भनेर प्रचलित भए झै हरेक बर्ष यसपर्वलाई धुमधामका साथ मनाईने गरिन्छ । यसपर्वलाई भव्य बनाउनका लागि प्रहरी प्रशासन, नगर प्रहरी, शसस्त्र प्रहरी, पत्रकार, समाजसेवीलाई सहयोग गरेको भन्दै सम्मान गरिने गरेको छ । पर्वलाई सब्य र सभ्य बनाउनमा विभिन्न निकायका पदाधिकारीलाई सम्मान गरिएको छ । सम्मान हुनेमा बाँकेका प्रंमुख जिल्ला अधिकारी विपिन आचार्य, बाँके प्रहरी प्रमुख सन्तोष सिंह राठौर, डिएसपी नारायण डाँगी, वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरिक्षक इन्द्रजीत सुनवार पत्रकार सेराज खान, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष आलम खान, रुबरु एफएमका स्टेशन प्रमुख सकिल कादरी, स्पेश फो के टिभीका समाचारदाता भगतराम थारु, एबिपी क्राईमका पत्रकार आशिष मल्ल ठकुरी, कर्बला समितिका महासचिव रिजवान कसगर, बरिष्ठ सल्लाहकार जुम्मन खाँ लगायतलाई कदरपत्र सहित सम्मान गरिएको अतहर हुसेन फारुकीले बताउनुभयो ।
इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहरमको पावन अवसरमा नेपालगन्ज उपमहानगरपालिका ५ भट्टाटोलबाट निस्केको भव्य जुलुससहित नेपालगन्जको फुल्टेक्रा रोडमा पुगेर आगमहतम गरिएको थियो । ८ औं दिनमा नगरका विभिन्न ठाउँमा ढोल प्रदर्शन, आगमहताम, लाठ्ठी प्रदर्शन, ढोल मिलन, मेहन्दी, आलाम मिलन तथा सम्मान कार्यक्रम, ताजिया राख्ने तथा अन्तिमदिन कर्बलामा लगेर ताजिया सेलाउने गरिन्छ । बाँकेको कर्बला, लग्दहवा, कोहलपुर, जयसपुर लगायतका स्थानमा ताजिया सेलाउने स्थानमा मेला लाग्ने गर्दछ ।


