(Wednesday 28th of October 2026)
`

नेपालगन्ज ५ भट्टाटोल कर्बला समितिद्धारा मोहरम पर्वको शुभकामना आदनप्रदान

  • सगरमाथा गन्तब्य
  • 8.4K
    SHARES

    नेपालगन्ज : इस्लाम धर्मावालम्बीहरुको महान पर्व मोहरमको पावन अवसरमा आज शुभकामना आदनप्रदान कार्यक्रम गरिएको छ । बिहीवारबाट सुरु भएको इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहरमको पावन अवसरमा नेपालगन्ज उपमहानगरपालिका ५ भट्टाटोलमा शुभकामना आदनप्रदान गरिएको हो । मोहरम पर्व एवं कर्वला समिति नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ भट्टाटोलको आयोजनामा उक्त शुभकामना आदनप्रदान कार्यक्रमको अध्यक्षता अतिकुर रहमान कसगरले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता अतहर हुसेन फारुकीले गर्नुभएको कार्यक्रममा कर्बला समितिका महासचिव रिजवान कसगर, बरिष्ठ सल्लाहकार जुम्मन खाँ लगायतले बोल्नुभएको कार्यक्रममा सय बढि स्थानिय युवाहरुको सहभागिता रहेको थियो ।
    विहीवारदेखि शुरु भएको मोहरम पर्व १३ गतेसम्म चल्ने छ । ८ दिनसम्म चल्ने मोहरम पर्वमा विभिन्न कार्यक्रम गरि धुमधामका साथ मनाउने गरिन्छ । बजारका विभिन्न स्थानमा ढोल, आगमहताम, लाठ्ठी प्रदर्शन, ढोल मिलन, मेहन्दी, आलाम मिलन तथा सम्मान कार्यक्रम, ताजिया राख्ने तथा अन्तिमदिन कर्बलामा लगेर ताजिया सेलाउने गरिन्छ । ताजिया सेलाउने र आगमहताममा हजारौंै मुस्लिम आमाबुवा, दाजुभाई, दिदिवहिनी लगायतको सहभागिता रहने गर्दछ । बाँकेको कर्बला, लग्दहवा, कोहलपुर, जयसपुर लगायतका स्थानमा ताजिया धुमधामका साथ सेलाउने गरिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology