(Wednesday 28th of October 2026)
`

नेपाल–भारत सिमानाका दुई दिन सिल गरिने

  • सगरमाथा गन्तब्य
  • 14.9K
    SHARES

    नेपालगन्ज, नेपाल भारत सिमानाका दुई दिनका लागि सिल गरिने भएको छ । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि यहाँस्थित नेपाल–भारत जमुनाहा सिमानाका दुई दिन बन्द गरिने भएको हो ।
    खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमा नाका बन्द गर्ने निर्णय भएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । वैशाख १९ गते राती १० बजेदेखि २१ गते बेलुका ६ बजेसम्म जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने जानकारी प्राप्त भएको जनाउँदै आफूहरूले सोही बमोजिम नाका सिल गर्ने इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक दामु पुनले बताउनुभयो ।
    नाका शील गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदनशीलताअनुसार काम गर्ने जनाएका छन् । सीमा शील गरिएको अवधिमा एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्न दिईने सहमति दुवै देशका सुरक्षा अधिकारीबीच बनेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology