(Wednesday 28th of October 2026)
`

एकल महिला संजाल बाँकेको अध्यक्षमा एकमाया

  • सगरमाथा गन्तब्य
  • 8.6K
    SHARES

    नेपालगन्ज : द्धन्द पीडित तथा एकल महिला संजाल बाँकेको अध्यक्षमा एकमाया विक चयन हुनु भएको छ । यसैगरी उपाध्यक्षमा विन्दा खरेल,सचिवमा विजया लक्षी रोकाय,्सह–सचिवमा बालकुमारी शाहि,कोषाध्यक्ष मनसरा चुनारा,सदस्यहरुमा मिना रावल,पार्वती पाण्डे,तारा रोकाय,जया आचार्य चयन भएका छन् । द्धन्द पीडित तथा एकल महिला संजाल बाँकेको आठौ साधारण सभा तथा चौथो अधिवेशन एवं नबर्निमित भवन उद्घाटन समारोहमा नेपालगन्ज उप महानगरपालिकाका मेयर प्रशान्त विष्टले भवनको उद्घाटन गर्नु भएको थियो । साथै प्रमुख अथिति समेत रहेका विष्टले एकल महिला संगठित भइ भवन निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गदै अगाडिका दिनमा संजाललाइ सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो । यसैगरी आठौ साधारण सभाका प्रमुख अथिति जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले द्धन्द्धपीडित तथा एकल महिला संजाल साहारा विहिनको साहारा बन्न सकोस भन्दै साधारण सभाको शुभकामना व्यक्त गर्नु भयो । उहाँले एकल महिलाका मुद्धामा आफुले सहयोग गर्दै आएको बताउनु भयो । संचारिका समुहका संस्थापक अध्यक्ष अछरी पोखरेलले २०६०सालमा तत्कालिन महिला विकास अधिकृत महेश्वरी विष्ट र महिला संचार समुहमा आफु अध्यक्ष रहदा दुवै संस्थाको पहलमा संजाल गठन भएको इतिहास कोट्याउदै आज भवन निर्माण भएको देख्न पाउदा खुशी व्यक्त गर्नु भयो ।

    संस्थापक पोखरेलले शोभा विसीको अध्यक्षतामा ५दशक महिला जम्मा गरी गठन गरीएको संजाल पीडित महिलाको सहारी बनेकोमा खुशी व्यक्त गर्नु भयो । द्धन्द्ध पीडित तथा एकल महिला संजाल बाँकेका अध्यक्ष जयन्ती केसीको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेपालगन्ज उपमहानगरपालिकाका महिला शाखा प्रमुख शोभा शाह,समाजसेवी शान्ता आचार्य,फेडोका अध्यक्ष निर्मला सुनार,अधिकारकर्मी इमान सुनार,द्धन्द्ध पीडित तथा एकल महिला संजाल बाँकेका संस्थापक अध्यक्ष शोभा विसी,नेकपा एमाले बाँकेका नगरकमिटि अध्यक्ष दत्त प्रसाद आचार्य,वडा नं.९का अध्यक्ष गोविन्द रेग्मी,राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख द्धारीका अधिकारी लगायतका व्यक्तिले एकल महिला संजालले पीडित महिलाहरुको पीडामा मलम लगाउन सकोस भन्दै २०६०सालमा स्थापना गरेको संजाल यहासम्म आएर आफ्नै भवन निर्माण गर्न सफ भएकोमा शुभकामना दिएका थिए । अधिबक्ता सुनिता शर्मा र सदस्य केशब कोइराला, प्रकाश उपाध्यय रहेको निर्बाचन मण्डलले अधिबेशन सम्पन्न गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology