नेपालगन्ज : खजुरामा पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना बाँकेद्धारा व्यक्तिगत सुरक्षा सामाग्री सेट वितरण गरिएको छ । बि ग्रुृप, जिआईजेटको सहयोगमा व्यक्तिगत सुरक्षा सामाग्री सेट वितरण गरिएको हो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर बहादुर विक (तुफान)ले खजुरावासीका लागि यो परियोजनाले उदाहरणिय कार्य गर्नेमा विश्वस्त रहेको बताउनुभयो । सफल कृषक समुह, सहकारी मार्फत कृषकलाई लाभ हुने गरि यो परियोजनाले फलदायी भुमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र डुडुवा गाउँपालिका गरि बाँकेमा ३ वटा स्थानिय तहमा यो कार्यक्रम संचालन रहेको छ ।
व्यक्तिगत सुरक्षा सामाग्री सेट वितरण कार्यक्रममा कान सुरक्षा गर्ने सामाग्री, सबुन, लुगाधुने साबुन, चस्मा, टोपी, रेस्पाइरेटर, नाइट्रइल पन्जा, ५१ जनालाई वितरण गरिएको हो । १२ वटा सामाग्री खजुरामा पाइलट प्रोजेक्टरको रुपमा कार्यक्रम लागु गरिएको छ ।
