नेपालगन्ज : बाँकेको खजुरा स्थित रहेको शुक्र माध्यमिक बिद्यालयको ५५ औं बार्षिक उत्सव भव्यका साथ मनाईएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ को के गाउँमा रहेको शुक्र माध्यमिक विद्यालयको ५५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस भव्यका साथ सम्पन्न भएको हो । बार्षिक उत्सव तथा अभिभावक दिवसको अध्यक्षता केशव बहादुर चन्दको रहेको थियो भने प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर बहादुर विक (तुफान) रहनुभएको थियो ।
सरकारी विद्यालयबाट पढेर गएका कर्यौ खजुरा युवायुवती ठुल्ठुला कम्पनी, सरकारी जागिरे, पाइलट, इन्जिनियर, नेता जस्ता ठाउँमा पुगेका छन् ।
खजुरावासीमा रहेको विद्यालयलाई भौतिक संरचना तथा गुणस्तरिय शिक्षाको लागि आम खजुरावासीले समन्वय गरि अगाडी बढ्नुपर्ने खजुरा गाउँपालिकाका अध्यक्ष तुफानले बताउनुभयो । बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा खजुरा गाउँपालिकाका अगुवा नेता भिम ओली, विद्यालयका प्रधानाध्यापक हरि प्रसाद श्रेष्ठ, वडाध्यक्ष, वडावासी, नागरिक समाज, स्थानिय अगुवा कार्यकर्ता, शिक्षक, विद्यार्थी, पुर्व विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
