(Saturday 25th of July 2026)
`

चेस प्रतियोगिताको ३ मेडल सगरमाथालाई

  • सगरमाथा गन्तब्य
  • 8.5K
    SHARES

    नेपालगन्ज : सगरमाथा इ .बो बिद्यालय नेपालगन्जले आधारभुत र माध्यमिक तहको चेस प्रतियोगितामा प्रथम स्थान हात पार्न सफल भएको छ । प्याब्सन नेपालगन्जको आयोजनामा गरिएको तेश्रो संस्करण चेस प्रतियोगिमा सगरमाथा बिद्यालय नेपालगन्जले आधारभुत र माध्यमिक तहको प्रथम स्थान हात पार्न सफल भएको हो ।
    यहि मंसिर २२ र २३ गते नेपालगन्जमा सम्पन्न गरिएको आधारभुत र माध्यमिक तहका छात्रा तथा छात्र गरी छुट्टा छुट्टै ४ वटा इभेन्टहरुको प्रतियोगितामा सगरमाथा माध्यमिक बिद्यालय नेपालगन्जको कक्षा ३ मा अध्ययनरत छात्रा इशा गिरीले प्रथम स्थान हासिल गनुभएको छ । उहाँले आधारभुत तहको छात्रा तर्फ ११ जना सहभागीहरुलाई सबै राउण्डमा पराजित गर्दै ५ अंकका साथ प्रथम स्थान हासिल गर्नुभएको चेस प्रशिक्षक पशुपति नाथ योगीले जानकारी गराउनुभएको छ ।
    यस्तै ११ जना प्रतिस्पर्धी रहेको माध्यमिक तहको चेस प्रतियोगितामा सगरमाथाकै कक्षा १० मा अध्ययनरत छात्रा प्रतिभा भण्डारीले द्धितिय स्थान हासिल गर्नुभएको छ । चेस प्रशिक्षक योगीका अनुसार माध्यमिक तहको छात्रा चेस प्रतियोगितामा भेरी विद्याको गरिमा श्रेष्ठलाई हराउदै पशुपति बिद्यालयको सलिना थापाले ४.५ अंक सहित प्रथम स्थान र समान ३.५ अंकका साथ सगरमाथाको प्रतिभा भण्डारी द्धितिय स्थान हासिल गनुभएको छ ।
    यस्तै १४ जना प्रतिस्पर्धी रहेको माध्यमिक तहको छात्र चेस प्रतियोगितामा आदर्श स्कुलका आदेश पुनलाई हराउदै सगरमाथाकै हिमाल नाथ योगी ५ अंक साथ प्रथम स्थान हासिल गर्नुभएको छ । प्रतियोगिताको ४ इभेन्टका कुल १२ वटा मेडलहरु मध्य सगरमाथा बिद्यालयले ३ मेडल हातपार्न सफल भएको छ । नेपालगन्जका १७ वटा बिद्यालयले सहभागीता जनाएको प्रतियोगितामा २२ जना छात्रा २९ जना छात्र गरि ५१ जना खेलाडी प्रतिष्पर्धा गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology