(Wednesday 28th of October 2026)
`

नेपालगन्जमा पनि भयो गुरुकुल क्लासेज संचालन

  • सगरमाथा गन्तब्य
  • 11.8K
    SHARES

    नेपालगन्ज : नेपालगन्मा गुरुकुल क्लासेजको उद्घाटन गरिएको छ । शनिवार नेपालगन्मा गुरुकुल क्लासेजको उद्घाटन गरिएको हो । अध्ययन क्लासको उद्घाटन प्रताप कुमार थारु र राजकुमारी थारुले सयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको थियो । बिपन्न परिवारका बालबालिकाहरु शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पछाडीएको बर्गको बालबालिकाहरुलाई कम भन्दा कम शुल्कमा शिक्षा प्रवाह गराउने गुरुकुल क्लासेजका शिक्षक कृष्ण कुमार थारुले बताउनुभएको छ ।
    उद्घाटन गरिएको गुरुकुल क्लासेजमा औपचारिक शिक्षाका साथ साथै योग, संस्कृती भाषा, खेलकुद सम्बन्धि सबै शिक्षा दिइने उहाँले जानकारी गराउनुभयो । नेपालमा ३ शाखा सहित भारतको विभिन्न शहरमा ११ शाखा रहेको छ । १४ शाखामा अहिलेसम्म ३ सयको हाराहारीमा बालवालिका अध्ययनरत रहेको शिक्षक कृष्ण कुमार थारुले बताउनुभयो । अत्यन्तै गरिव परिवार तथा पढनबाट बञ्चित घरपरिवारका बालवालिकालाई शिक्षा दिईने काम भैरहेको उहाँले बताउनुभयो ।


    एकै ठाउँमा सबै खालको शिक्षा प्रदान गरिने भएको हुनाले र नेपालगन्जमा पनि यस्तो शिक्षाको माग बमोजिम अध्ययन क्लास संचालन गरिएको उहाँले जानकारी गराउनुभयो । कक्षा १ देखि १२ कक्षा सम्मका बालवालिकाहरुले उक्त कोचिङ क्लासमा सहभागि जनाउन सकिने उहाँले जानकारी गराउनुभयो । नेपालगन्जको मेरो प्लानेट अगाडी गुरुकुल अध्ययन क्लासमा भर्ना समेत खुलेको उहाँले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology