नेपालगन्ज : बाँके प्रहरीले गाईको मासु सहित अटो फेला पारि नियन्त्रणमा लिएको छ । शुक्रवार बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ८ थपुवा स्थित पुलमा प्रहरीले गाईको मासु सहित अटो फेलापारि नियन्त्रणमा लिएको हो । (भे १ ह ५३८५) नम्बरको अटो सहित गाईको मासु फेला पारि नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ । प्रहरीले थप अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय धनौलीले जानकारी गराएको छ ।

