बाँके : ईलाका प्रहरी कार्यालय कोहलपुरले एक जना बालको उद्दार गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले बैजनाथ गाउँपालिका वडा नं. १ का १३ बर्षिया बालकको उद्दार गरेको हो । यहि कार्तिक १६ गते हराएका बालकको २३ दिन पछि भारतिय जमुनाहनाका रूपडिया बाट प्रहरीले उद्दार गरेको ईलाका प्रहरी कार्यालय कोहोलपुरले जनाएको छ ।
सामाजिक संजाल फेसबुक मार्फत नाम परिर्वतन गरि (लुरे डन) अपरिचित नमुना भट्टराई रूकुम पश्चिम चौरजहारीका जितुलाले शर्माले १३ वर्षिया नाम परिवर्तन रोहितलाई ललाई फकाई गरि २३ दिन सम्म बन्धक बनाएको प्रहरीले अनुसन्धान गरि जानकारी गराएको छ । प्रहरी अनुसार शर्माले २३ दिन सम्म भारतको चन्डीगढ, हरिद्वार सिम्ला, छत्री हुँदै भारतको रूपडियामा छोडेको बताइएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐन बहादुर मल्लले पछिल्लो समय सामाजिक संजालबाट फेक आईडि बनाएर फिसिङ (ट्यापिङ) गरि शारीरिक सम्बन्ध समेत राखेको प्रहरी अनुसन्धान बाट खुलेको प्रमुख मल्लले जानकारी गराउनुभएको छ ।
