नेपालगन्ज : बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का स्थानीय मनोज बिश्वकर्माको मोटरसाइकल चोरी भएको छ । शुक्रवार नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ न्युरोडमा रहेको रोयल पार्टी प्यालेस एण्ड होटलको अगाडी पार्किङ गरी राखिएको बिश्वकर्माका ( लु ८६ प ९६४६ ) अस्थाई नम्बरको २ सय २० सिसी को कालो रातो रङ भएको पल्सर मोटरसाइकल चोरी भएको हो । नेपालगन्जका बिश्वकर्माको नाममा रहेको उक्त मोटरसाइकल रोयल पार्टी प्यालेस एण्ड होटलको अगाडीबाट साझँ करिब ६ बजे चोरी भएको बिश्वकर्माले जानकारी गराउँनुभयो । उहाँका अनुसार मोटरसाइकल किनेको १० दिन न बित्दै चोरी भएको छ । आफूले व्यापकरुपमा खोजविन गर्दासमेत नभेटाएपछि खोजबिन गरिदिनका लागि सम्बन्धित निकायमा जानकारी गराइसकेको बिश्वकर्माले बताउनुभयो ।
