नेपालगन्ज : यही १० गते पत्रकार र तस्कर विच विवाद हुँदा दुवै पक्ष घाइते भएका छन् । भारतबाट अटो रिक्सामा ३८ बर्षिय शगिर बाबु जोलहाले केही सामान ल्याउदै गर्दा पत्रकार अमित गुप्ताले बाटोमा रोकी पैसाको बार्गेनिङ्ग गर्ने क्रममा दुई पक्ष विच झडप भएको हो । झडप भएको केही दिन अगाडी नेपालगन्जका पत्रकार अमित गूप्ताले जोलहासंग १० हजार नगद लिएको जोलहाले खुलासा गर्नुभयो ।
नगद लिएको केही दिनपछि पुन जोलहालाई परसपुरको नदई गाउँमा पुनः पत्रकार गुप्ताले अटो रोकी पैसा माग्दा नदिए पछि झडपको सृजना भएको जोलहाले भन्नुभयो । ३ दिन अगाडी १० हजार दिएको थिए जोलहाले भन्नुभयो । केही दिनपछि पुनः गुप्ताले प्रहरीको (घुमुवा) हुँ भन्दै पैसा माग्न थालेपछि परिचय पत्र देखाउन भन्दा गुप्ताले देखाउन नसकेपछि विवाद सृजना भएको जोलहाले बताउनुभयो ।
अमित को हुनुुहुन्छ मैले चिनेको पनि थिएन अनावश्यक बाटोमा रोकी प्रहरीको घुमुवा हुँ भन्दै असूल्दै आएपछि विवाद उत्पन्न भएको थियो । बारम्बार सामान सिज गर्दिन्छु पैसा दिन्छस् कि नाई भन्दै पैसा असुल्ने कार्य गर्दै आएको तस्कर जोलहाले भन्नुभयो । परिचयको कुरा उठाउने वित्तिकै अमितले घरमा छ ल्याएको छैन भनेपछि उ आत्तिएको थियो उहाँले भन्नुभयो । एकछिनपछि गुप्ताले सामान झार्ने र हातपात गरे पछि मैलेपनि आफ्नो सुरक्षाको निम्ती बचाउमा लागेको उहाँले बताउनुभयो । केही समयमा अन्य साथीहरु आएर हामीलाई छुटाएका थिए । यस विषयमा पत्रकार अमित गुप्तालाई सम्पर्क गर्न खोज्दा उहाँको दुई वटै नम्बरमा सम्पर्क हुन सकेन् ।
