(Saturday 25th of July 2026)
`

पहिरोले ध्वस्त पारेको कर्णाली राजमार्ग

  • सगरमाथा गन्तब्य
  • 14.5K
    SHARES

    जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक सुवराज बमले राजमार्गको कालिकोट खण्ड पूर्णरूपमा बन्द रहेको बताए। ‘कर्णाली राजमार्गस्थित सेरीघाट पुलनजिकै तिला नदीको बहावले राजमार्गको १५ मिटर सडक बगाएको छ। त्यहाँ चट्टानका कारण तत्कालै नयाँ सडक निर्माण गर्न सकिने अवस्था छैन। अन्य ठाउँमा पनि कतै पहिरो खसेको छ भने कतिपय ठाउँमा सडक भासिएको छ। कालिकोटको दहीखोलादेखी गगने खोला,काले खोला,जिते,सेरीघाटक,सुनार खोला,गल्ली, पिलिल,टाकुला,बाली,नाग्मगायतका ठाउँमा गरि ५० भन्दा बढी स्थानमा पहिरो गएको छ। ‘हामीले केही स्थानमा पहिरो हटाउने प्रयास गरेका छौंँ। तर,पहिरो खरिहेका कारणले सकेका छैनौं,’ उनले भने। कर्णाली करिडोरको फुगाड,रेंङगिल,कोट,आम्तडा लगाएत ठाउँमा समेत पहिरोले यातायात आवागमन ठप्प रहेको छ।

    यात्रु अलपत्र परेका छन्। लगातार बर्षातका कारण सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुपरेको  शुभकालिका गाउँपालिका–३ का दल रोकायाले बताए। उनले भने, ‘सडकमा ५० भन्दा बढी ठाउँमा पहिरो र ढुंगा खसेको र १५ भन्दा बढी ठाउँमा सडक भासिएको छ। कसरी यात्रा गनु राजमार्ग पूर्णरूपमा बन्द छ।’

    राजमार्गको दैलेख खण्ड पनि अवरुद्ध छ। ठाउँ–ठाउँमा पहिरो गएका कारण यातायातका साधन सञ्चालनमा आएका छैनन्।  दैलेखको किटु,भेल्तडी,लगाएतका सडकखण्ड पनि ध्वस्त छ। – नागरिक न्युजबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology