(Wednesday 28th of October 2026)
`

प्रकाश सपूत र सृष्टी खड्का अभिनित “केशरी’ सार्वजनिक

  • सगरमाथा गन्तब्य
  • 8.5K
    SHARES

    काठमाडौँ । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत “केशरी केशरी” सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ । गितमा शब्द अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको र संगित बिष्णु भट्टकै रहेको छ । ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी खड्काको अभिनय रहेको छ ।


    ठट्यौली प्रेमिल यस गीतको भिडियोलाई ऋषि राज आचार्यले निर्देशन तथा महेश्वर आचार्य, रितु आचार्य र राजेन्द्र खातीले सह– निर्देशन गरेका छ्न । गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ । भिडियोमा मोहन कुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ । यस गीतलाई मिक्सिङ ÷ मास्टरिङ र एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन भने पृज्मा स्टुडियोमा रेकर्ड भएको हो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology