(Wednesday 28th of October 2026)
`

भोकमरीको सिकार बन्दैै नरैनापुरवासी

  • सगरमाथा गन्तब्य
  • 11.3K
    SHARES

    आशा परियार नेपालगन्ज ः बाँकेको नरैनापुर गाउपालिका वडा ४ को स्थानीयवासी रिता कलवार समयमै धान रोप्नका लागि आकासे पानी नपरेपछि खेतीयोग्य जमिन बाँझै भएको बताउनुहुन्छ । खेतीयोग्य जमिन बाँझै भएपछि २ महिनादेखी घरमा भोकमरी आइलागेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “ दुइ महिना देखि पेटभरी खाना खान पाएका छैनौ । बच्चाहरुलाइ एक टाइम भोकै सुताउनु परेको छ । न आफुले पेटभरी खान पाएका छौ न त साना बच्चालाइ पेटभरी खुवाउन पाएका छौ । बाहिर गएर मजदुरी गर्न श्रीमान पनि हुनुहुन्न म एकल महिला हो । आफु के खाने बच्चालाइ के खुवाउने ?


    नरैनापुर गाउपालिका वडा नं ५ को स्थानीयवासी चम्मानारा बैगमले पनि बटैया खेतमा पैसा तिरेर मोटरको पानी लगाएको धान खडेरीले पहेलो भएर जलेपछि भोकमरी आइलागेको बताउनुहुन्छ । उहाँ निरास हुदै सहयोगको लागि गाउपालिका आएको बताउनभयो । मजदुरी गरेर घरको छाकटार्ने बृद्ध श्रीमान पनि बिरामी भएर थला परेपछि भोकमरीको डरले दैनिकी चिन्तामा बत्दै गएको उहाँले बताउनुभयो ।
    यस पटक दैवको पनि दुःखको चटारो नरैनापुरमा लागेको छ । १० प्रतिशत जमिनमा मात्र रोपाइँ भएको र त्यही रोपाइँ भएको धान पनि सुक्दै गएपछि सिंगो नरैनापुरका स्थानीयवासीमा भोकमरी आइलागेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउँनुभयो । नरैनापुरमा कृषि खेती बाहेक अन्य कुनै स्रोत नभएकोले नरैनापुरवासी राहत दिन गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरिसकेको अध्यक्ष शाहले बताउनुभयो ।


    उहाँ भन्नुहुन्छ “सरकारले बाँकेको दुर्गम क्षेत्र भनेर नरैनापुरलाई घोषणा समेत गरेकोले अन्य पालिका भन्दा नरैनापुरको लागि विशेष योजनाका सहित नरैनापुरको लागि बजेट बिनियोजन गर्नुपर्ने हो तर अरु पालिकाकै आधारमा नरैनापुरका लागि बजेट बिनियोजन भएको उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । गाउपालिकामा बजेटको अभावले नरैनापुरवासीको समस्या सुल्झाउन कठिनाइ भइरहको अध्यक्ष शाहले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो “ मैले पटक पटक मन्त्रीहरुलाइ फोन गर्दै नरैनापुरको अवस्थाको बारेमा नबताएको पनि होइन । तर अहिलेसम्म नरैनापुरका भोका जनता सम्म कुनै नेताको ध्यान जान सकेको छैन् । चाडपर्वको मुखमा भोकमरी आइलागेपछि नरैनापुरवासीलाइ उदासीन बनाएको छ । राज्यको समयमै नरैनापुर तर्फ ध्यान नदिए भोकमरीको समस्याले सिंगो नरैनापुरवासीलाइ सिकार बनाउने गाउपालिकाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology