(Saturday 25th of July 2026)
`

बिद्यार्थीहरुलाई जिवन उपयोगी सीप शिक्षा

  • सगरमाथा गन्तब्य
  • 9.3K
    SHARES

    नेपालगन्ज : बिद्यालय स्तरिय बाल क्लबद्धारा बिद्यार्थीहरुलाई जिवन उपयोगी सीप शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । सृजनशिल बाल क्लब श्री शिवशक्ति आधारभुत बिद्यालय कोहलपुर बाँकेको आयोजनामा र कोहलपुर नगरपालिका वडा नं २ वडा कार्यालयको आर्थिक सहयोग, दिब्य शान्ति बाल क्लब लक्ष्मी मा.बिको प्राविधिक सहयोगमा जिवन उपयोगी सीप शिक्षा कार्यक्रम आइतवार कोहलपुरमा सम्पन्न गरिएको हो । कार्यक्रममा जिवन जिउने सिपहरु, सकरात्मक सोच, आत्म जागरण, सिपले जिवनलाई कसरी गुणस्तर बनाउने भन्ने बिषयकमा छलफल गरिएको छ ।
    बिद्यार्थीहरुले मोबाइल दुरुपयोग गर्दै गेम खेल्ने समयमा मोबाइलको प्रयोग गरेर सिप शिक्षा हासिल गर्ने हो भने देशको राम्रो व्यक्ति बन्ने कोहलपुर नगरपालिका वडा नं २ का वडाअध्यक्ष हरी कथायतले बताउनुभयो । “एउटा सफल शिक्षक, डाक्टर, पाइलट, किसान बन्नका लागि त्यस सम्बन्धी प्राविधिक ज्ञान र सीप नभई नहुने भएकोले सीप शिक्षा सिक्न जरुरी छ उहाँले भन्नुभयो ।”
    सामाजिक विकास समिति नगर स्तरिय संयोजक ईश्वर बिकले कृषि, उद्योग, व्यापार, राजनीति, कलाकारिता, शिक्षण वा अन्य जुनसुकै पेसा वा कर्म क्षेत्रमा लागे पनि पेसागत दक्षताका लागि जरुरी प्राविधिक वा व्यावसायिक ज्ञान र सीपको अतिरिक्त हरेक पेसाका मानिसका लागि सभ्य, सिर्जनशील र मर्यादित सामाजिक जीवन बिताउनका लागि अत्यावश्यक जीवनमुखी सीपहरू हुने भएकाले सीप शिक्षा लिन आश्यकता भएको औल्याउनुभयो ।
    व्यापारी बन्नका लागि पनि व्यवसाय क्षेत्रसँग सम्बन्धित ज्ञान, सीप र पेसागत दक्षताका विशिष्ट पक्षहरूमा परिपक्कता चाहिने भएकाले बिद्यार्थीलाई बिद्यालय स्तरबाटनै जीवन उपयोगी सीप शिक्षा पाठ्यपुस्तकमा समावेश गराउन रूम टु रिडका बालिका शिक्षा कार्यक्रमका वरिष्ठ अधिकृत सुश्मा राईले आग्रह गर्नुभयो । यस्तै रूम टु रिडले बाँकेका बिभिन्न स्थानका बिद्यालयमा सहकार्य गर्दै सीप शिक्षा सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology