(Saturday 25th of July 2026)
`

नवराज सुबेदीको पहेली बार सार्वजनिक (भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 17.5K
    SHARES

    नेपालगन्ज : चर्चित निर्देशक नवराज सुबेदीको पहेली बार म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    थारु भाषामा रहेको पहेली बार हुईल मुलाकात बोलको म्युजिक भिडियो आरकेसी युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो । पछिल्लो समय थारु भाषाका गीतहरुले आफ्नो छुट्टै स्थान बनाउन सफल भएका छन । सुन्दा मिठो लाग्ने र दर्शक र स्रोताहरुको सजिलै मन जित्न सक्ने भएका छन थारु भाषाका गीतहरु । बाँकेका बिभिन्न स्थानमा छायाकंन गरिएको पहेली बार गीत सोमबार सार्बजनिक भएको छ ।
    गीतमा शब्द संगित उमेश मुस्कान, संगित संयोजन केशब बडुको रहेको छ भने आवाज चर्चित गायक प्रमोद डिजी र चर्चित गायीका अन्नु चौधरीको रहेको छ । साथै मोफसलमा रहेर केन्द्रसँग जोडिएर कार्य गर्दे आएका निर्देशक नवराज सुबेदीको निर्देशन रहेको यस गीतमा तिलक चदारा र रितु चौधरीको अभिनय रहेको छ । साथमा भरत शाहीले कोरियोग्राफीमा साथ दिनुभएको छ । गीतमा आरकेसी डिजिटलका निर्देशक रामु चोधरीको छायाकंन तथा सम्पादन रहेको छ । लक्ष्मी चौधरीको मेकअप र बिदुसा डान्स कम्पनीको पनि सहकार्य देख्न सकिन्छ गितमा । पछिल्लो समय गैर थारु भएर पनि आफ्नो थारु भाषाका गीतहरुमा धेरै चाँसो बढेको बताउने निर्देशक नवराज सुबेदीको यो थारु भाषाको पाँचौं गीत हो । सबैको माया पाए मात्र हौसला मिल्ने भन्दै गीतलाई सबैले माया गरिदिनहुन सम्पुर्ण टीमको आग्रह रहेको निर्देशक नवराज शुबेदी बताउँछन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology