बाँके : ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेले अबैध कटुवा पेस्तोल सहित एक जनालाइ पक्राउ गरेको छ । नरैनापुर गाउँपालिका वडा नं. १ बानियागाउँ स्थित बस्ने छब्बीलाल केवटलाई ईलाका प्रहरी कार्यालय भगवानपुरले अबैध कटुवा पेस्तोल सहित पक्राउ गरेको हो ।
उक्त प्रहरीले केवटको घरमा अवैध हातहतियार लुकाई छिपाई गरि राखिएको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेका प्रहरी निरीक्षक विर बहादुर सुनारको कमाण्डमा ईलाका प्रहरी कार्यालय सुईया बगौडा बाँके, प्रहरी चौकी लक्ष्मणपुर बाँकेबाट खटिएका प्रहरी टोलीले केवटको घरमा खोजतलासी गर्दा कटुवा पेस्तोल थान १ , भरुवा बन्दुक लोडगरी राखेको नाल १, भरुवा बन्दुकमा प्रयोग हुने बारुद १ सय ग्राम, सिसा र फलामको गोली (छर्रा) ५ सय ग्राम, पटाका ९ थान बरामद गरेको प्रहरी निरीक्षक सुनारले जानकारी गराउनुभएको छ । प्रहरीले केवटलाइ नियन्त्रणमा लिई हातहतियार तथा खरखजना कसूर मुद्दामा अनुसन्धान कार्य अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेले जानाएको छ
