नेपालगन्ज : हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुक्रवार नेपालगन्जमा बृहत तीज नृत्य प्रतियोगिता भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित सगरमाथा इगलिस बोडिङ स्कुलको आयोजनामा शुक्रवार तीज नृत्य प्रतियोगिता भएको हो ।
विद्यालय स्तरिय नृत्य प्रतियोगितामा नर्सरी कक्षादेखि कक्षा १० सम्मका विद्यार्थी भाईबहिनीहरुले भाग लिएको विद्यालयले जनाएको छ । विद्यालयका छात्रछात्राहरुले तिज गितमा आ आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । हरितालिका तिज नजिकिदै गर्दा दर खाने कार्यक्रमले तिव्रता पाएसंगै विद्यालयले नृत्य प्रतियोगिता आयोजना गरेको जनाएको छ । प्रतियोगितामा सिङगल ग्रुप नृत्य प्रस्तुत गरिएको विद्यालयका एमडि कौशल पाण्डेले जानकारी गराउनुभयो । विद्यालयले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट नृत्य गरेका छात्रछात्रालाई पुरस्कृत समेत गरेको विद्यालयले जनाएको छ । विद्यालयले आफनो निती नियम अनुसार हरेक खेलकुद क्षेत्र तथा स्वास्थ्य क्षेत्रमा समेत ध्यान दिई प्रथामिकतामा राखेको जनाएको छ ।

