(Saturday 25th of July 2026)
`

कालोमोसो दलेको आरोपमा शाही पक्राउ

  • सगरमाथा गन्तब्य
  • 6.9K
    SHARES

    कोहलपुर : कोहलपुरमा खानेपानी अध्यक्षलाई कालोमोसो दलेको आरोपमा एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ चिसापानीका ४५ बर्षीय कृष्णबहादुर शाहीलाई शनिवार प्रहरीले पक्राउ गरेको हो । शाही धर्मेन्द्र बास्तोला निकट नेपाल कम्युनिष्ट पार्टी बहुमतका बाँके जिल्ला संयोजक रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी एनबहादुर मल्लले जानकारी दिनुभयो ।
    शाहीसहित पाँच जनाको समुहले साउन २३ गते दिउँसो कार्यकक्षमै गएर कोहलपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नरबहादुर मल्ललाई कालोमोसो दलेर फरार भएका थिए । शाही पक्राउ परेपनि अरु चार जना अझैं फरार रहेको डिएसपी मल्लले जानकारी दिनुभयो ।
    कालोमोसो पछि जारी गरिएको बिज्ञप्तिमा आर्थिक अनियमितता गरेको, समयमै खानेपानीको निर्वाचन नगरेको जस्ता आरोप लगाइएको भएपनि मागेको चन्दा नदिएको हुँदा उनीहरुले त्यसो गरेको तथ्य खुलेको डिएसपी मल्लले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology