कोहलपुर : “स्रस्टा र सिर्जनाको सम्मान हाम्रो पहिचान” भन्ने मुल नाराका साथ शनिबार कोहलपुरका साहित्यकार महानन्द ढकालको पहिलो उपन्यास बुह्रानको बिमोचन कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ । उपन्यास बुह्रानको बिमोचन कथाकार तथा प्राज्ञ सनत रेग्मीले गर्नुभएको हो ।
कृति बिमोचन समारोहमै तुलसिराम स्मृति पुरस्कार यस बर्ष सहित्यकार डा. इन्द्र भण्डारीलाइ प्रदान गरिएको छ । स्व. तुल्सिराम ढकालको स्मृतीमा राखिएको अक्षयकोषबाट यस बर्ष सात हजार सात सय सतहत्तर रुपैया र कदर पत्र भण्डारीलाई प्राज्ञ सनत रेग्मी र अक्षयकोषका संरक्षक पबित्रा ढकालले संयुक्त रुपमा बितरण गर्नुभएको थियो ।
सुमित्रा न्यौपानेको स्वागत मन्तब्यसंगै कृतिकारको परिचय तथा उहाँको परिचर्चा सागर गैरेले गर्नुभएको थियो । भेरी साहित्य समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सिनाले लेखक तथा सम्मानित स्रस्टाहरुलाइ शुभकामना ब्यक्त गरेको कार्यक्रममा अबधि साहित्यकार बिष्णुलाल कुमाल, कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य, उप प्रमुख संगिता सुबेदी लगाएत दर्जन बढि साहित्यकार तथा अतिथीले बुह्रान बारे चर्चा गर्नुभएको थियो ।
साहित्यकार महानन्द ढकालले आफनो छैठौं साहित्यिक कृतिका रुपमा बुह्रान उपन्यासलाई बजारमा ल्याउनुभएको हो । थारू संस्कार र संस्कृतिसंग नजिकको सम्बन्ध राख्ने बुह्रान उपन्यासको आवरण देवेन्द्र थुम्केलीले बनाउनुभएको हो । बुह्रान क्षेत्रमा बस्ने गरीव थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो ।
तीन दशक लामो समयदेखि साहित्य साधनामा क्रियाशील ढकालले पछिल्लो पटक तराई क्षेत्र विशेषगरी बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका पछाडि पारिएका गरिव थारू तथा पहाडी समुदायको अन्तर सम्बन्धलाई विषयवस्तु बनाइएको बुह्रान यस अघि नै बजारमा गईसकेको भएपनि आकिारीक रुपमा शनिवार बिमोचन गरिएको हो ।
पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको दश वर्ष नेतृत्व गरेको ढकाल परिचित तथा अब्बल साहित्यकार मानिनुहुन्छ । वरिष्ठहरूलाई सम्मान र नव सर्जकहरूलाई उत्प्रेरित गर्दै आउनु भएका ढकालका यस अघि प्रकाशित भएका अधिकांश रचनाहरू राष्ट्रिय भावनाले ओत प्रोत भएको पाइन्छ । बुह्रान बिमोचनसंगै बुह्रानको विषयवस्तु र परिवेशले धेरैको मनमा उत्पन्न गरेको जिज्ञासा चिरेको छ । गैर थारूले थारू संस्कार र संस्कृतिसंग नजिकको सम्बन्ध राख्ने बुह्रानको विषयवस्तु जोडिएको यस उपन्यासलाई बिमोचनका अबसरमा रु ५०० मुल्य तोकिएको थियो ।
यस्को चर्चा परीचर्चाकै क्रममा बुह्रान उपन्यास जातीय समानता र सहकार्यको कथा भएको पाइएको छ । जहाँ गरिव थारूहरूको सपनाले यात्रा गरेको छ । गास, बास र कपासका लागि थारूहरूको रोजाइमा परेको बुह्रानको कथा हिमालकी निङ्माले पहाडकी पार्वती र तराइका माइला थारूलाई प्रमुख पात्र बनाएर रसस्वादन गराउने मुख्य ध्यय रहेको छ । थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यो उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मुल्याङ्कन गरिएको छ ।
बसाइसराइका बाध्यता एवम् थारू समुदायमा लामो समयसम्म प्रचलित कमैया तथा कमलहरि प्रथाबाट सिर्जित अवस्थालाई समेटिएको यस उपन्यासमा जातीय समानताका लागि अन्तरजातिय विवाह महत्वपुर्ण हुन सक्ने कुरा औंल्याउन खोजिएको छ । समान आर्थिक हैसियत भएका फरक समुदायका पार्वती र माइला मध्ये पार्वतीको जीवनस्तरमा परिर्वतन आउँदा माइलाको जीवनस्तरमा परिर्वतन नआउनुका कारणहरूको खोजी गरिएको यस उपन्यासमा थारू जाति र उनीहरूले ज्यानको बाजी लगाएर गरिएका कन्द्रा आन्दोलन, कमैया, कमलहरि, थरूहट र भूमिगत आन्दोलन आदिबाट प्राप्त उपलब्धिहरूको लेखाजोखा गरिएको कुरा बिमोचन समारोहमा चर्चाका बिषय बस्तु रहे ।
विभिन्न साहित्यिक विधाहरूमा निरन्तर कलम चलाउँदै आएका महानन्द ढकाल नेपाली साहित्यिक क्षेत्रका परिचित हस्ताक्षर हुन् । साहित्यलाई संस्थागत रुपमा विकसित तुुल्याउन ढकालले गरेको योगदानलाई महत्वपुर्ण आकलन गर्न सकिन्छ । कविता लेखनबाट साहित्यमा प्रवेश गरेका ढकालका ‘खण्डित आत्मा’ गजल सङ्ग्रह २०५८, ‘उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू’ गजल सङ्ग्रह २०५९, ‘अव्यक्त प्रत्याशा’ गजल सङ्ग्रह २०६३, ‘घाम उदाए’ हाइकु सङ्ग्रह २०६८ र सिमाना मुक्तक सङ्ग्रह २०७७ यस पहिला नै प्रकाशित गरिसकेका ढकालको आख्यानको क्षेत्रमा ‘बुह्रान’ पहिलो उपन्यास हो ।
हाम्रो पुर्णिमा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानको सभापतित्वमा सम्पन्न विमोचन तथा सात हजार सात सय राशिको तुल्सिराम पुरस्कार वितरण समारोहमा दाङ, सुर्खेत, बर्दियाका ३०० बढि सायित्यिक स्रष्टा उपस्थित कार्यक्रमको सञ्चालन प्रतिष्ठनका सचिब पुष्कर रिजालले गर्नुभएको थियो ।
