नेपालगन्ज : नेपालगन्जमा तीन महिने आधारभूत सिलाई कटाई तालिम शुरु गरिएको छ । नेपालगन्ज रहेको रहमा ट्रेनिङ्ग सेन्टरको आयोजनमा तीन महिने आधारभूत सिलाई कटाई तालिम शनिवारदेखी शुरु गरिएको हो । रहमा ट्रेनिङ्ग सेन्टर तथा तालिमको उद्घाटन गर्दै वन वातावरण तथा भू संरक्षण लुम्बिनी प्रदेशका मन्त्री सुरेन्द्र बहादुर हमाल तथा जिल्ला समन्वय समिति बाँकेको संयोजक ज्ञानेन्द्र कुमार चौधरीले मानिसको जीवनमा सिप महत्वपूर्ण हुन्छ, सिपले जीवनमा परिर्वतन ल्याउने बताएको छ ।
मन्त्री हमालले मानिसलाई सिपले स्वरोजगार बनाउने भन्दै मेहनतका साथ सिप सिके सिप सिक्ने व्यक्तिको जीवनमा परिर्वतन ल्याउने बताउँनुभयो । मेहनतका साथ सिप सिके सफलता हासिल गर्न कुनै समस्या नहुने उहाँले जानकारी गराउँनुभएको छ । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने मन्त्री हमालले बताउँनुभएको छ ।
सिलाई कटाई तालिम प्राप्त गरिसकेपछि ग्राहकको इच्छा अनुसार ड्रेस बनाएर एक दक्ष प्राविधिक बन्ने भएकाले तालिममा मेहनतकासाथ सहभागि हुन जिल्ला समन्वय समिति बाँकेको प्रमुख चौधरीले अनुरोध गर्नुभएको छ । सिप र दक्षताले मानिसको भबिष्य निधारण गर्ने भएकाले तालिममा जोस र जागरणका साथ सिलाइ कटाइ तालिमलाइ सफल बनाउँन उहाँले आग्रह गर्नुभयो । सरकारी स्तरबाट दिएका तालिमहरुको महत्व हुने भएकाले तालिमपछि सहभागिहरुले हासिल गर्ने सिपलाई परिक्षण गरि प्रमाण पत्र प्रदान गरिने भएकाले ध्यान दिएर तालिम सिक्न प्रमुख चौधरीले सुझाव दिनुभयो ।

सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिएको कार्यक्रममा नेपाल डेभलपमेन्ट सोसाइटीका अध्यक्ष तथा रहमा ट्रेनिङ्ग सेन्टरका संरक्षक नजरुल हुसेन फलाहीले बताउँनुभयो । उहाँले भन्नुभयो “हामीले दिएको तालिमले महिला दिदिबहिनीहरु स्वरोजगार आत्म निर्भर बन्ने भएकाले यसले आर्थिक आयआर्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने छ । घरेलु तथा साना उद्योगले बिभिन्न प्रकारको तालिमहरु दिदै आएको छ । जसले तालिम लिई स्वरोजगार बन्ने हिसाबले आबेदन दिएको हुन्छ, त्यसलाई मात्र तालिम दिईने संरक्षक फलाहीले जानकारी दिनुभएको छ । नेपाल डेभलपमेन्ट सोसाइटीका सचिव असलम हल्वाई स्वागत मतब्य राख्नुभएको छ ।
उक्त नेपाल डेभलपमेन्ट सोसाइटीका अध्यक्ष फलाहीको सभादक्षतामा गरिएको कार्यक्रममा प्रमुख आथित्यता वन वातावरण तथा भू संरक्षण मन्त्री हमालले गर्नुभएको छ । कार्यक्रममा विशिष्ठ अथिति जिल्ला समन्वय समितिका प्रमुख चौधरी, नेपालगंज उपमहानगरपालिकाका उपमेयर कमरुदिन राई, रहमा ट्रेनिङ्ग सेन्टर बाँकेका तथा इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश पश्चिम अध्यक्ष ओवैद रहमान खान लगायत २ सय जना स्थानीयको सहभागिता रहेको थियो ।
