नेपालगन्ज : नेपालगन्जबाट काठमाडौंका लागि उडान भएको श्री एयरलाइन्सको जहाज आकस्मिक नेपालगन्ज नै फर्किएको छ । बिहीवार काठमाण्डौका लागि उडान भएको जहाजको इन्जिनमा समस्या देखिएपछि छिनमै जहाज नेपालगन्ज फर्किएको हो ।
बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित उडान भएको जहाज आकास्मिक इन्जिनमा समस्या देखिएकाले उडेको ५ मिनेट नपुग्दै नेपालगन्ज फर्किएको श्री एयरलाइन्स कार्यालय नेपालगन्जले जानकारी गराएको छ । जहाजमा भएका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको एयरलाइन्स कार्यालय नेपालगन्जले जनाएको छ । जहाजमा भएको समस्या बारे प्राविधिक टोलीले अध्ययन गरिरहेको एयरलाइन्सले जनाएको छ ।
https://www.facebook.com/100002351419532/videos/736536357652875/
