बर्दिया : जिल्ला प्रहरी कार्यालय बर्दियाले लागु औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ सहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मधुबन नगरपालिका–५ बर्दिया बस्ने ललित बहादुर गुरुङ, समिर सार्की र किरण वंशी मगरलाई लागु औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्र्थ सहित मंगलवार पक्राउ गरेको हो ।
उक्त प्रहरीले चेकजाँच गर्ने क्रममा उहाँहरुको साथबाट ५ सय ५० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित, तीन थान मोबाईल, बजाज कम्पनीको एक थान पल्सर मोटरसाईकल फेला पारि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
