(Friday 11th of September 2026)
`

तीजको कोशेली “मायालाई सुहायो” चट्ट बरी लै सार्वजनिक (भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 20.2K
    SHARES

    नेपालगन्जमा : गायक खुमन अधिकारी र गायिका शिलु भट्टराईको आवाज रहेको यस बर्षको तिज गीत सार्वजनिक भएको छ । विक्रम बाबु विश्वकर्माको शब्द तथा गायक खुमन स्वयंको लय सृजना रहेको ‘मायालाई सुहायो’ बोलको गीत यूएस खबर नेटवर्कको यूटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।
    शुक्रबार काठमाडौंको शुकेधारा स्थित एशियन पार्टी प्यालेसमा छायांकन भएको यस गीतमा चर्चित मोडल शंकर बिसी र कविता न्यौपानेको अभिनय रहेको छ । कलाकार शंकर बिसी स्वयंकै कोरियोग्राफी तथा निर्देशनमा निर्माण भएको यस भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् भने सम्पादन नविन घर्ति मगरको रहेको छ ।
    अमेरिका निवासी सामाजिक अभियन्ताद्वय सन्देश उप्रेती निर्माता र गुञ्जन भण्डारी कार्यकारी निर्माता रहेको यस गीतको भिडियोलाई अमेरिकाबाट पनि प्रचारप्रसारमा सहयोग पुग्ने देखिन्छ ।

    https://www.youtube.com/watch?v=it5LHzTMcbs

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology