आशा परियार – बर्दिया : पारिश्रमिक समयमै नपाउनाले पत्रकारिता क्षेत्रमा टिक्न महिला पत्रकारलाई कठिन भएको बर्दियाका महिला पत्रकारहरुले बताएका छन् । पारिश्रमिक समयमै नपाउने भएकोले पत्रकारिता क्षेत्रमा टिक्न महिला पत्रकारलाई कठिन भएको बताउँदै महिला भएकै कारण पत्रकारिता क्षेत्रमा टिक्न थुप्रै समस्या र चुनौतीको सामना गर्नु परेको उनिहरु बताएका छन् । सञ्चारिका समूह नेपाल बाँकेले आयोजना गरेको महिला पत्रकारसंगका अन्तरक्रिया कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै पत्रकारिता पेशालाई व्यवसायीक र मर्यादित बनाएर आफ्नो अधिकारको लागि स्वम आवाज उठाउनमा उनिहरुले जोड दिएका छन् । उनिहरुले भने हामी महिला भएकै कारण थुप्रै समस्या जुध्दै अगाडी बढ्नु पर्ने भएकोले पनि पत्रकारिता क्षेत्रमा गुणात्मक बिकास हुन नसकेको औल्याएका छन् ।
आफु सक्षम हुँदाहुँदै पनि महिला भएकै कारण हिंसा खेप्न बाध्य भएको पत्रकार अञ्जु थारुले बताउँनुभयो । उहाँले भन्नुभयो न त समयमै पारिश्रमिक पाइन्छ न त भने जस्तो इज्जत त्यसैले पत्रकारिता पेशा छाड्न बाध्य भएको गुनासो सुनाउनुभयो । महिला पत्रकार पत्रकारितामा सक्षम हुदाँहुदै पनि पारिश्रमिक समयमै नपाउँने भएकोले इच्छा हुदाँहुदै पनि छोड्न बाध्य भएको बर्दियाका महिला पत्रकारहरुको गुनासो थियो । बर्दियामा महिला पत्रकारको गुनासो सुनिदिने महिलामैत्री सामाजिक संरचना र सञ्चार गृह नहुँदा पत्रकारिता क्षेत्रमा महिलाको गुणात्मक विकास हुन नसकेको बर्दियाका महिला पत्रकार बर्नी भण्डारीले गुनासो व्यक्त गर्नुभयो । बर्दियाका महिला पत्रकार प्रमिला वाग्लेले महिला पत्रकारले राम्रो काम गर्दागर्दै पनि महिला भएकै कारण धेरै कुरा भोग्न परेको बताउँदै भन्नुभयो ’जब काममा महिलाबाटै थ्रेट फिल गर्छन् अनि समाचार कक्षमै खुम्च्याउने प्रयास गरिन्छ ।’

पत्रकारिता पेशालाई व्यवसायिक रुपमा अघि बढाउन महिला पत्रकारले विविध खालका चुनौतीको सामना गर्नुपरेको तितो भोगाई रहेको बर्दियामा महिला पत्रकारहरु बताउँछन् । बर्दियामा महिला पत्रकार न्यून हुनुमा स्थानीय सरोकारवालाको ध्यान नजानु पनि एक समस्या रहेको उनिहरुले औल्याएका छन् । महिला भएकै कारण महिलाको क्षमता दक्षतामाथि प्रश्न उठाइने र चारित्रिक रुपमा अनेक टिकाटिप्पणी गरेर आत्मबल कमजोर बनाउने खालका व्यवहार भोग्नुपरेको अनुभवहरु बटुल्दै आएको उनीहरुले बताएका छन् ।
कार्यक्रममा पत्रकार महिलाले आफ्ना तिता मिठा भोगाइ पनि व्यक्त गरेका थिए । बर्दियाका महिला पत्रकारले सुनाएका भोगाइलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादब आचार्यले बर्दियाको महिला पत्रकारको क्षमता अभिबृद्धी गर्न र उनीहरुलाइ अझँ सक्षम बनाउँन नेपाल पत्रकार महासंघ बर्दिया र आफ्नो व्यक्तिगत तर्फबाट सधै साथ सहयोग रहने प्रतिबद्धता जनाउदैँ बर्दियाको सञ्चारिका समुह सक्रिय बनाउँनमा जोड् दिनुभयो ।
यस्तै बर्दियाका महिला पत्रकारहरुको क्षमता अभिबृद्धी गर्न र महिला पत्रकारलाई व्यवसायी बनाउन सञ्चारीका समुह नेपाल बाँकेले जोड दिने प्रतिबद्धता जनाएको छ । संचारीका समुह नेपाल बाँकेको अध्यक्ष रुपनी जीएमको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाल पत्रकार महाँसंघ बर्दियाका अध्यक्ष, प्रेस चौतारी नेपाल बर्दियाको उपाध्यक्ष मिना थापा, थारु पत्रकार संघ बर्दियाका अध्यक्ष मान बहादुर थारु, आदीबासी जनजाती पत्रकार संघ बर्दियाका सल्लाहकार कैलाश श्रेष्ठ, नेपाल पत्रकार महाँसंघ बर्दियाका सदस्य मुरली गोडीया, थारु पत्रकार संघ बर्दियाका सदस्य रमेश चौधरी लगायतको सहभागीता रहेको कार्यक्रममा संचारीका समुह नेपाल बर्दियाले समन्वय गरेको थियो ।
