(Saturday 25th of July 2026)
`

हत्या गरिएको गडरिया दम्पतीको एकै चिहानमा दाहसंस्कार

  • सगरमाथा गन्तब्य
  • 10.8K
    SHARES

    नेपालगन्ज, १२ श्रावण – मंगलवार हत्या गरिएको कोहलपुर नगरपालिका वडा नं. १४, पार्वतिपुरका कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियालाई बिहीवार दाहसंस्कार गरिएको छ । नेपालगञ्जकै दुई युवाले हत्या गरेको गडरिया दम्पतिलाई पार्वतीपुर स्थित आफ्नै घर पछाडी दाहसंस्कार गरिएको हो । हत्या गरिएको श्रीमान श्रीमतिको एउटै चिहानमा दाहसंस्कार गरिएको छ ।
    दाजु विजय गडरिया र भाउजु रेखाको योजनामा नेपालगञ्ज उपमहानगरपालिका १९ का राजन सोनकर र नेपालगञ्ज उपमहानगरपालिका १८ का सकिल अली शेषले कृष्ण र अञ्जलीको हत्या गरेको खुलेको छ । हत्या आरोपी राजन र सकिल मंगलवार राती हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
    कटुवा पेस्तोल र चार राउण्ड गोलीसहित राजन र सकिल पक्राउ परेको बाँके प्रहरीका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । विजय र रेखाले ५० हजार रुपैयाँ दिएर राजन र सकिलमार्फत् भाई कृष्ण र बुहारी अञ्जलीको हत्या गराएको स्वीकारेका छन् ।


    विजय र रेखाले शुरुमा भारतीय सुटरलाई एक लाख रुपैयाँ दिएर सुपारी दिए पनि उनीहरूले धोका दिएपछि नेपालगञ्जकै राजन र सकिलमार्फत् हत्या गराएको बताएका छन् । घरमा सुतिरहेका कृष्ण र अञ्जलीलाई राजन र सकिलले एक गोली पड्काएर तर्साई उनीहरूको घाँटी थिचेर हत्या गरेका थिए । राजन र सकिलले हत्या गरेर निस्केपछि विजय र रेखाले भाई कृष्णको नाडी काट्नुका साथै बुहारी अञ्जलीको घाँटीमा डोरी राखिदिएका थिए । प्रहरीले अझै केही कुरा बाँझिएकाले अनुसन्धान भइरहेको बताएको छ । दाई र भाईको मनमुटाव र सम्पत्ति पनि हत्यामा जोडिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology