(Wednesday 28th of October 2026)
`

पार्वतीपुरमा एक दम्पती मृत फेला

  • सगरमाथा गन्तब्य
  • 9.4K
    SHARES

    कोहलपुर : बाँकेको कोहलपुरमा एक दम्पती मृत अवस्थामा फेला परेको छन । कोहलपुर नगरपालिका वडा नं १४ पावर्तीपुर स्थित एक दम्पती मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । कोहलपुर १४ मा रहेका दम्पती आफ्नो कोठामा सुतेको अवस्थामा ३५ वर्षिय कृष्ण गडरिया र श्रीमती ३० वर्षिय मञ्जु गडरियालाई मृत अवस्थामा फेला पारेको कोहलपुर प्रहरीले जानकारी गराएको छ । कृष्णको बायाँ हात काटिएको देखिएको हुँदा प्रहरीले उनिहरुको हत्या भएको आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology