नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकालाई क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज बनाउँने उद्देश्यका साथ वडा अध्यक्ष गोपाल पुन स्वम सरसफाई अभियानमा जुट्नु भएको छ । नेपालगन्जलाई सफा र हराभरा बनाउँन र नगरमा जनचेतना फैलाउन नेपालगन्ज वडा नं. ४ को वडा अध्यक्ष पुन स्वम सरसफाई अभियानमा जुट्नुभएको हो । वडा अध्यक्ष पुन हातमा हसिया र झाडु लिएर हरेक शनिवार आफ्नो टिम सहित सडकमा सरसफाइ गर्न व्यस्त देखिनुहुन्छ । नेपालगन्जलाई क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज बनाउँन नगरको मात्र जिम्मेवारी नभएर नगरभित्रको प्रत्येक वडावासीको जिम्मेवारी रहेको वडा अध्यक्ष पुनले औल्याउनुभयो ।
सरसफाई अभियान मार्फत वडाका हरेक टोलमा टोल समिती गठन गर्छौ र सरसफाई सम्बन्धि तालिम दिएर जनचेतना फैलाउने कार्य निरन्तर रहने वडा अध्यक्ष पुनले बताउनुभयो ।” टोल समितीको व्यक्तिहरुलाई भ्रमणको व्यवस्था र बार्षिक रुपमा राम्रो काम गर्ने समितीलाई उत्प्रेरणाका लागि वडाबाट सम्मान समेत गर्ने योजनाका साथ सरसफाई अभियानमा निरन्तर जुटेको वडा अध्यक्ष पुनले बताउँनुभयो । यस्ता खालको कार्यक्रमले सबै वडालाई मात्र नभै पुरै देशलाई एउटा राम्रो सन्देश जाने उहाँले बताउँनुभयो ।

देवाफुलवारीबाट सुरु गरिएको अभियानलाई स्थानीयले स्फुर्त रुपमा दोस्रो पटक यस अभियानलाई सफल बनाउँन साथ दिदै आएको स्थानीयवासी तारा प्रसाद खत्रीले बताउँनुभयो । उहाँले भन्नुभयो “नेपालगन्ज ४ वडाअध्यक्षको नेतृत्वमा भएको सरसफाई अभियान अन्तर्गत नेपालगन्ज ४ गुम्वा मन्दिर स्थित सडकमा सरसरसफाई गरेका छौ ।” यसलाई निरन्तरता दिएर वडालाई स्वच्छ र हराभरा बनाउने स्थानियवासी खत्रीले बताउनुभयो । वडा नं. ४ मा भएको सरसफाई अभियान वडा नं. १, २ र ४ का स्थानियवासीको उल्लेख्य सहभागिता रहेको उहाँले बताउनुभयो ।

नगरमा सरसफाई र फोहर व्यवस्थापन कडा नियम लागु नहुँदासम्म सरसफाई अभियान सफल हुन नसक्ने नेपालगन्ज ४ का स्थानीयवासी रुपन ज्ञवालीले भन्नुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को आयोजनमा क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज अन्तर्गत गरिएको सरसफाई अभियान कार्यक्रममा स्थानीयहरुले झाडु, फरुवा, हसिया लिएर नेपालगन्ज शहरलाई सुन्दर र हराभरा बनाउँन सडक सरसफाईमा जुटेका छन् ।
