(Saturday 25th of July 2026)
`

नेपालगन्ज स्थित चौलिका चोकबाट ब्राउनसुगर सहित तीन जना पक्राउ

  • सगरमाथा गन्तब्य
  • 6.3K
    SHARES

    नेपालगन्ज :  बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ चौलिका चोकबाट तीन जनालाई लागूऔषध सहित बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
    १ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई आइतबार दिउँसो बाँके प्रहरीले पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय अन्जन खाँ, सोही उपमहानगरपालिका–१६ जयसपुर बस्ने २६ वर्षीय दिलदार अन्सारी र २८ वर्षीय ईर्फान जोलाह रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले अन्जन खाँको घरबाट उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology