(Wednesday 28th of October 2026)
`

अत्याधिक गर्मिले बाँकेको जिबन कष्टकर

  • सगरमाथा गन्तब्य
  • 9.6K
    SHARES

    नेपालगन्ज : बांके जिल्लामा असार दास्रो हप्ता यता पानी पर्न छाडेपछि गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । बांकेमा अहिले सरदर अधिकतम तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियससम्म पुगेको छ । सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेका छन् । जिल्लाका बिभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ भने बर्षात हुन नसक्दा बाँकेका अधिकांस स्थानमा रोपाइ समेत हुन सकेको छैन ।
    गर्मिका कारण छाला जन्य रोगका बिरामीहरु अस्पताल आउने गरेको नरैनापुरमा रहेको लक्ष्मणपुर स्वास्थ्य चौकिका इन्चार्ज डा. सुर्य प्रकाश शाहले बताए । छाला चिलाउने, सुख्खा हुने, दाद, लुतो जस्ता रोगिहरुको बृद्धि भएको छ भन्दै डा. शाहले जनचेतना र शिक्षामा कमिका कारण शारीर सुख्खा हुने गरेको, फोहर तथा पानीकै कमिले छालामा बिभिन्न रोगहरु देखापर्ने बताए । दैनिक कम्तिमा ६ लिटर पानी पिउन र प्रसस्त मात्रामा फलफुल सेबन गर्न डा. शाहले जनसर्बसाधारणलाई सुझाए ।
    दिनहुँ उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक डा. देबेन्द्रराज आचार्यले बताए । बिरामीहरूमा अहिले ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनिया, छाला, दुबि, दाद, घमौरा चिलाउने र जिउ दुख्ने समस्या बढी छ । पसिना अत्यधिक आउने तर पर्याप्त झोलिलो खानेकुरा नखादा र पानी नपिउँदा बिरामी हुने क्रम बढेको डा. आचार्यको भनाइ छ ।
    अत्यधिक गर्मीका कारण लामखुट्टे पनि ह्वात्तै बढेको छ । ज्वरो, टाइफाइडलगायतका बिरामी बढेको भेरी अस्पतालका सुचना अधिकारी डा. संकेत कुमार रिसालले बताए । अत्यधिक गर्मीले बालबालिकामा खटिराको समस्या देखिएको छ । घामसँगैको तातो हावाका कारण सर्वसाधारण काम गर्न निस्कन छाडेका छन् । घाममा बाहिर ननिस्कन, जीउ ढाक्ने लुगा लगाउन, सफा र स्वच्छ पानी खान तथा ताजा र झोलिलो खानेकुरा खान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
    उखरमौलो गर्मि र गर्मिबाट बिभिन्न रोग देखिन थालेपछि मौकाको फाइदा उठाउदै राप्ति पारिको नरैनापुर क्षेत्रमा फेरी पनि झोले डक्टरहरु छ्यापछ्याप्ति आउन थालेका छन । सरकारबाट प्रयोग गर्न रोक गरिएका औषधिहरु प्रयोग गर्दै तत्काललाई बिभिन्न रोगहरु निदान गर्ने गरेको स्वा. चौकि कालाफाटाका इन्चार्ज मो. अब्रिहाइमले बताए ।
    तत्काल रोग दबाउने औषधि दिने गरेको पाइएको छ दिर्घकालिन रुपमा यस्ता औषधिहरुले असर गर्ने भएकाले स्थानियहरुले बेलैमा सचेत हुन उन्को आग्रह रहेको छ । स्मरण रहेस बांके जिल्लाको अधिकतम तापक्रम यस अघि सन १९९८ मा ४४.९ डिग्रि र २०१२ मा ४५ डिग्रि मापन गरिएको थियो ।
    गर्मीलेसंगै कोहलपुरका धारामा पानी नआउदा गृहणीहरु मर्कामा परेका छन । दैनिक खानेपानी धारामा नआउँदा परम्परागत कल धारा खोज्दै बिहान सांझ गाउँ धाउने उनीहरुको जिबनचर्या नै बनिसकेको छ । बच्चा बच्चिलाई त जार किनेर पनि नुहाइ धुवाइ गरिदियौ अब हामी ठुला मान्छेले के गर्ने कोहलपुर १० का नेता भोलानाथ शर्माले आफनो आक्रोश ब्यक्त गरे । पानी जस्तो आधारभुत पिउने पानीमा पनि राजनैतिक चलखेल भएको हो कि शार्मा आशंका ब्यक्त गर्छन ।
    ३८ देखि ४० डिग्रिको प्रचण्ड गर्मी एकातिर आकाशे बर्षा हुन सकेको छैन यस्तो अबस्थामा पानी बिनाको जीबन कल्पना नै गर्न सकिदैन तर यतिबेला कोहलपुर वडा नं. १०, ६ र ११ का खानेपानीका उपभोक्ताहरु पानी बिना आफनो दैनिकी गुर्जान बाध्य भएका छन । पटक पटक खानेपानी कार्यालयमा स्थानियहरु गएर कुरा राख्दा पनि आज १५ औं दिनमा पनि खानेपानीको धारामा पानी नआएको स्थानियबासिहरुको गुणासो रहेको छ ।
    लगातार १५ दिनदेखि खानेपानीको धारामा पानी नआउदा स्थानिय उपभोक्ताहरु प्रताडित भएका छन । कोहलपुरका जनतालाई स्वच्छ खानेपानी खुवाउने मुख्य लक्ष्य लिएको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको वर्तमान कार्यसमिती पानीबारे किन उदासिन रहेको छ उपभोक्ताहरु यस कार्यसमितीको काम प्रति आक्रोश ब्यक्त गर्न थालेका छन् ।
    सुख्खा लागे संगै कोहलपुरका कल धाराहरु सुक्ने गरेका छन । पानीको आपुर्ती गर्ने एक मात्र संस्था कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्था आफैमा उदासिन भएपछि पानी सप्लाइका लागि आग्रह गर्न गएका उपभोक्ताहरुलाई हरेक पल्ट सांझ सम्म पानी आउछ भन्दै टारिंदै आएको छ । कर्मचारीहरु आज त जसरी पनि धारामा पानी आउछ भन्दै आज १५ औं दिन सम्म पनि जनता झुक्कयाइरहेका छन ।
    कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको कार्यालयमा ११ बजे कार्यालय समयमा पत्रकार तथा स्थानिय टोलि पुग्दा संस्थामा कोहिपनि जिम्मेवार ब्यक्ति नभएको पाइएको छ । कार्यालयमा मौजुदा कर्मचारीहरुलाइ बुझदा सबै फिल्डमा गएको भन्ने जानकारी प्राप्त भएपनि सुचना अधिकारी इन्जिनियर सुरेश कुमार दशौंदि भने बिदामा रहेको पाइयो ।
    पानीको समस्या एकातिर अर्कोतिर इन्जिनियर बिदामा भएपछि सुचनाको पहुचबाट जनताहरु बिमुख भएको एक सञ्चारकर्मिले बताए । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष नर बहादुर मल्लले इन्जिनियर बिदा बसेको बारे आफुलाई जानकारी प्राप्त नभएको भन्दै इन्जिनियर दशौंदिले बिदा स्विकृत गराए नगराएको आफु अनभिज्ञ भएको बताए ।
    स्थानियको नियमित खबरदारी पश्चात कोहलपुर बृहत खानेपानी तथा उपभोक्ता संस्थाले कामदार नियमित खटाउने भन्दै एक सुचना जारी गरेको छ । संस्थाले कोहलपुर वडा नं. १०, ११ र ६ का बिभिन्न भागमा समस्या समाधानका लागि अन्य भैपरी कामको बेला बाहेक दैनिक ५ जना कर्मचारी खाटाइने प्रतिबद्धता सहितको एक सुचना जारी गरेको हो । प्राबिधिक हरी प्रसाद शर्माले नियमित निरीक्षण गर्ने गरि पानी धारामा नआए सम्म कर्मचारीहरु निरन्तर खटाइने संस्थाका अध्यक्ष नर बहादुर मल्लद्धारा हस्ताक्षरित सुचना मा बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology