(Wednesday 28th of October 2026)
`

खजुरामा प्रदेश विश्वविद्यालय स्थापना कामले गति लियो

  • सगरमाथा गन्तब्य
  • 7.1K
    SHARES

    नेपालगन्ज : बाँकेको खजुरामा लुम्बिनी प्रदेश विश्वबिद्यालय स्थापना गर्ने प्रक्रिया शुरु भएको छ । विश्वबिद्यालयका लागि खजुरा गाँउपालिकाले छुट्याएको साबिक रनियापुर हाल खजुरा ८ मा विश्वबिद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढेको हो ।
    विश्वबिद्यालय संचालनका लागि छुट्याईएको जग्गाको बिहीवार प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री सहितको टोलिले अवलोकन गरेका छन् । अवलोकनको अवसरमा उपाध्यक्ष क्षेत्रीले विश्वबिद्यालयका लागि खजुराको जग्गा अत्यन्त उपयुक्त भएको प्रतिक्रिया दिएको खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिकले जानकारी दिनुभएको छ ।
    अवलोकन टोलिले विश्वबिद्यालयका लागि आवश्यक पर्ने ब्लकहरु निर्माण गर्ने सम्भाब्य स्थलको समेत अवलोकन गरेको थियो । तत्कालै विश्वबिद्यालयको दैनिक कार्य संचालनका लागि जनक शिक्षा केन्द्रको छापाखाना राख्ने प्रयोजनका लागि निर्माण भएको भवनमा विश्वबिद्यालयको प्रशासनिक कार्यालय स्थापना गर्ने प्रस्ताव समेत टोलिले गरेको अध्यक्ष बिकले बताउनुभयो ।
    सो भवनमा तत्कालका लागि खजुरा गाँउपालिकाले आवश्यक पूर्वाधार बनाईदिने र जनक शिक्षासंग अस्थायी कार्यालय राख्न सहमतिका लागि पत्राचार गर्ने निर्णय भएको पनि अध्यक्ष बिकले बताउनुभयो ।
    जनक शिक्षाको भवनमा कोरोना कहरका बेला पालिकाले आईशोलेशन केन्द्र संचालनमा ल्याएको थियो । कोरोना कहर सकिएपछि बन्द भएको आईशोलेशनमा राखिएका सामाग्रीहरु नउठाईंदा ती सामाग्रीहरु अहिले खिया लागेर कबार्ड बन्ने अवस्थामा पुगेका छन् ।
    विश्वबिद्यालयका लागि प्रदेश सरकारले एक सय बिगाहा जग्गा आवश्यक पर्ने बताए पनि खजुरा गाँउपालिकाले एकसय दश बिगाहा जग्गा छुट्याएर विश्व बिद्यालयका लागि हक हस्तान्तरण गर्न सिफारिस गरिसकेको छ ।
    प्रदेश सरकारको नीति तथा कार्यक्रममा यसै आव २०७९÷८० मा प्रदेश विश्व बिद्यालयको काम थाल्ने घोषणा गरिएको छ । अघिल्लो सरकारले पनि नीति तथा कार्यक्रम र बजेटमा विश्व बिद्यालयका लागि रकम बिनियोजन गरेपनि कर्मचारीहरुले कायबिधि नबनाईदिँदा बजेट फ्रिज भएको थियो । गाँउपालिका अध्यक्ष बिकले एक वर्ष भित्रमा विश्व बिद्यालय स्थापनाको काम थालिने जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology