(Wednesday 28th of October 2026)
`

बैजनाथका उत्कृष्ट १२ जना किसान, १० कृषी फर्म ९ वटा कृषि समुह सम्मानित

  • सगरमाथा गन्तब्य
  • 8.8K
    SHARES

    नेपालगन्ज : बैजनाथ गाउँपालिका कृषि शाखाले बैजनाथका उत्कृष्ट कृषक,फर्म र समुहलाई सम्मान गरेको छ । बैजनाथ कृषि शाखाले बैजनाथका उत्कृष्ट कृषक,फर्म र समुहलाई सोमबार सम्मान गरेको हो । आर्थिक बिकाश समिति संयोजक प्रेम बहादुर शाहीको अध्यक्षता र बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहिको प्रमुख आतिथ्यमा बैजनाथ वडा नं ३ बैरहवा स्थित उत्कृष्ट कृषक,फर्म र समुहलाई सम्मान थियो ।
    बैजनाथ गाउँपालिका कृषि शाखाको आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत कार्यक्रम लक्ष्य अनुसार बैजनाथ गाउँपालिका भित्रका १२ जना किसान, १० वटा कृषी फर्म र ९ वटा कृषि समुहहरुलाई सम्मान गरिएको सम्मान गरिएको बैजनाथ कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले जानकारी गराउँनुभयो । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकायाले दोसल्ला सम्मान पत्र र १ वटा स्प्रे टयाकी सहित उत्कृष्ट कृषक,फर्म र समुहका सदस्यहरुलाई सम्मान गर्नुभएको थियो ।
    सम्मान कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले समृद्ध बैजनाथ बनाउँनका लागी कृषि क्षेत्रको महत्वपुर्ण भुमिका रहेकोले किसानहरुको सम्मानले उनीहरुमा कृषि क्षेत्रमा लाग्न उत्साह थपिने बताउँनुभयो । त्यस्तै उहाँले उत्कृष्ट किसानहरुलाई सम्मान गरिएकोले अन्य किसानहरुलाई उत्कृष्ट किसान बन्न प्रेरणा प्राप्त हुने समेत बताउनुभयो ।
    कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायाले अन्य पेशा जस्तै किसानहरुले पनि गर्वका साथ म किसान भन्ने अवस्था आउनुपर्ने बताउदै त्यसका लागी स्थानीय सरकार लागी परेको बताउनुभयो । त्यस्तै बैजनाथ गाउँपालिका कृषि भुमी भएकोले यहाँका किसानहरुलाई वर्गीकरण गरेर उनीहरुको उत्थानमा लाग्ने बताउँनुभयो ।
    बैजनाथ ३ का वडाध्यक्ष निखिल बैगारले बैजनाथ गाउँपालिकामा ७० प्रतिशत किसानहरु रहेकोले बैजनाथलाई कृषि क्रान्तिमा लैजान स्थानीय सरकार जुट्न आवश्यक रहेको बताउनुभयो । उक्त कार्यक्रममा बैजनाथ आर्थिक विकास समिति संयोजक, स्थानियवासी , बैजनाथका कृषक तथा विभिन्न संघ संस्थाको प्रतिनिधि लगायतको सहभागीता रहेको बैजनाथ कृषि शाखा प्रमुख प्रमोद विश्वकर्माले जानकारी गराउँनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology