नेपालगन्ज : खजुरा गाउँपालिकाले कृषकका लागि कृषि औजार वितरण गरेको छ । खजुरा गाउँपालिकाको ८० प्रतिशत र कृषि उद्यम कृषकको २० प्रतिशत लागतमा कृषी औजार वितरण गरेको हो । सोमवार एक कार्यक्रमका विच खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल, खजुरा वडा नं. १ का वडा अध्यक्ष मनविर क्षेत्रीले कृषक तुलाराम सापकोटा, गिता शाही र सरिता गुरुङलाई कृषि औजार मोटर, घाँस काट्ने मेसिन वितरण गरिएको खजुरा गाउँपालिका उद्यम विकास शाखाका प्रमुख आशा चौधरीले बताउनुभयो ।
खजुराका ५ जना किसानका लागि ल्याईएको कृषि औजार सोमवार ३ जनालाई वितरण गरिएको छ भने २ जनालाई २० प्रतिशत कृषि लागत नबुझाएको हुनाले पछि बुझाउने उद्यम विकास शाखा प्रमुख चौधरीले बताउनुभयो ।
