नेपालगन्ज – ‘सिल्ली फो’ असार ३१ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
कमेडी विधामा आधारित फिल्म सिल्ली फोमा केकी अधिकारी, धीरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दिपक थापा लगायत स्टार फिल्मको पोस्टरहरु सार्वजनिक गरिएको छ । राजबहादुर सानेको निर्देशित फिल्म चलचित्र हो ।
चारजना पात्रको मुख्य भुमिकामा जीवनमा आउने घुम्ती र संघर्षमा आधारित फिल्म शिक्षामूलक बनेको छ,’ निर्देशक सानेले भने । फिल्ममा केकीको भूमिका अहिलेसम्मकै पृथक रहेको उहाँले बताउनुभयो ।
उता बाँके नेपालगन्जमा धेरै ठाउँहरु सुटिङ भएको उक्त फिल्ममा नेपालगन्जका धेरै कलाकारहरुले अभिनय रहेको छ भने त्यही अभिनयमा मुख्य भुमिका रहेका दिपक थापा यतिबेला नेपालगन्ज क्षेत्रमा प्रचारप्रसारमा निकै लागि परेका छन । थापाले भनेका छन मेरो तेस्रो फिल्म रहेपनि यो शो हलमा लाग्ने पहिलो फिल्म हो त्यसैले नेपालगन्जका दर्शकहरूले एक पटक यो फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गर्नुभएको छ ।
