(Saturday 25th of July 2026)
`

बर्षाले किसानलाई राहत

  • सगरमाथा गन्तब्य
  • 9.6K
    SHARES

    नेपालगन्ज : गएराती हल्का बर्षा भएसँगै बाँकेका किसानले राहत महसुस गरेका छन् । हल्का वर्षासँगै रोपाई गर्न पाइने भएपछि किसानहरुले राहत महसुस गरेका हुन् ।
    असार १५ अर्थात् धान दिवसमा परेको पानीले रोपाई शुरु भएको बाँकेमा अहिलेसम्म ३० प्रतिशत हाराहारीमा मात्र रोपाई भएको छ ।
    कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले ३० प्रतिशत हाराहारीमा रोपाइँ भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार, यो वर्ष बाँकेमा ढिलोगरी धान रोपाई भएको छ । शुक्रबार विहानदेखि पानी पर्न थालेकाले रोपाई अव बढ्ने उहाँको भनाई रहेको छ ।
    बाँकेमा यस वर्ष राम्ररी पानी नपरेकाले रोपाई कार्यमा ढिलाई भएको छ । १५ गतेयता हल्का–हल्का वर्षा भएता पनि खेतमा प्रयाप्त पानी नभएकाले रोपाई कार्यमा ढिलाई भएको एक किसानहरु बताउँछन् । बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गर्दछ । आकाशे पानीकै भर पर्नु र्ने भएकाले धानखेती राम्रो हुन नसकेको किसानहरुको गुनासो रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology