(Wednesday 28th of October 2026)
`

बाँकेमा वनबाली र बागवानी विरुवा वितरण

  • सगरमाथा गन्तब्य
  • 8.9K
    SHARES

    नेपालगन्ज : डिभिजन वन कार्यालय बाँकेले शुक्रबार बाँकेको ६ पालिकामा वनवाली र बागवानी विरुवा वितरण गरेको छ ।
    ‘एक गाउँपालिका एउटा नमूना कृषि वन कार्यक्रम’ अन्र्तगत किसानहरुकको माग अनुसार नेपालगन्ज उपमहानगरपालिका लगायत ६ वटा गाउँपालिकामा वनवाली र फलफूलका बिरुवाहरु बितरण गरेको छ ।
    नेपालगन्ज उपमहानगरपालिकाको वडा नं १५, डुडुवा गाउँपालिकाको वडा नं ६, जानकी गाउँपालिकाको वडा नं ४, खजुरा गाउँपालिकाको वडा नं १, कोहलपुर नगरपालिकाको वडा नं ४ र बैजनाथ गाउँपालिकाको वडा नं ८ मा वनवाली र बागवानी विरुवा वितरण गरिएको डिभिजन वन कार्यालयले बाँकेले जनाएको छ ।
    प्रत्येक गाउँपालिकालाई कृषि नमूना पालिका बनाउने उद्देश्यले एउटा पालिकामा १० हेक्टर क्षेत्रफलमा १६ हजारका दरले बिरुवा बितरण गरिएको डिभिजन बन कार्यालय बाँकेका सहायक वन अधिकुत गणेश बहादुर खड्काले जानकारी गराउँनुभएको छ ।
    वनबालीमा मसला, कोइरालो, टाकी र मोरिङ्खा, बागबानीमा आँप लिचि, मेवा, ड्राइगन, अम्बा, कागती लगायतका विरुवा बितरण गरिएको अधिकुत खड्काले जानकारी दिनुभयो । उक्त पालिकामा कृषि वन प्राविधिक र महिला सहजकर्ताको सहयोगमा कृषि वन समूह गठन गरी विरुवा बितरण गरिएको छ ।
    वन कार्यालयले वनवाली करीब ५ लाख बिरुवा आफूले उत्पादन गरेको छ भने ४५ हजार विरुवा खरिद गरेको अधिकुत खड्काले बताउँनुभएको छ । त्यस्तै बागवानीका विरुवाहरु मात्र २५ हजार ३ सय ८० खरिद गरेको अधिकुत खड्काले जानकारी दिनुभएको छ ।
    आगामी आर्थिक वर्षमा जिल्लामा एक सय हेक्टर वन क्षेत्रमा बृक्षारोपण गर्ने योजना बनाएको डिभिजन वन कार्यालय बाँकेले जानकारी गराएको छ । सामुदायिक तथा नीजि वन क्षेत्रमा उक्त बृक्षारोपण गर्ने तयारीमा जुटेको कार्यालय प्रमुख अजित कुमार कर्णले जानकारी दिनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology